Sport News

EURO2016 France vs Opninig Ceremony

जर्मनीका खेलाडीको यो माहनतालाई पढनुहोस

। विश्वकप जित्ने जर्मन फुटबलरले ब्राजिललाई दिए आफ्नो २४ करोडको इनाम बर्लिन – फिफा विश्वकप – २०१४ को बिजेता जर्मन समूहका खेलाडी मेसूत ओजिलले आफ्नो पुरै इनाम २४ करोडको राशी ब्राजिलका बच्चाहरुलाई दान दिएका छन् ।विश्वकप जितेका कारण जर्मनको समूहले २०७ करोड रुपैयाँ पाएको थियो । यसका साथसाथै जर्मन सरकार र फुटबल फेडेरेसनले पनि यो […]

आरसीटीसामु मच्छिन्द्र निरीह

काठमाडौ,५ पुस/ पहिलो हाफका तीनै आक्रमण सफल भएपछि आरसीटीले मच्छिन्द्रको अपराजित यात्रामा बुधबार पूर्णविराम लगाएको छ । उसका ५ मध्ये ४ आक्रमण गोलमा परिणत भए । त्यसैले स्वाभाविक खेल पस्कन असफल मच्छिन्द्रमाथि ४-० को अविश्वसनीय जित रच्दै आरसीटी शीर्षस्थानमा उक्लियो । आरसीटीले ७ खेलबाट १७ अंक जोडेको छ । पहिलोपल्ट शीर्षस्थान गुमाएको मच्छिन्द्र एक अंक […]

लिओनल मेस्सी २०१८ सम्म बार्सिलोनामै रहने

अजेन्टिनी स्टार लिओनल मेस्सी सन् २०१८ सम्म स्पेनिस जाइन्ट बार्सिलोनामै रहने भएका छन् । मेस्सीसँग छिट्टै नयाँ सम्झौता हुने बार्सिलोनाले जनाएको छ । यसैगरी जाभि र कप्तान कार्लोस पुयोलको सम्झौता पनि सन् २०१६ सम्म नपिने भएको छ । क्लबले भनेको छ-’आउँदा साता पुयोल, जाभी र मेस्सीले नयाँ सम्झौतामा हस्ताक्षर गर्ने छन् ।’ सन् २००० मा […]

ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र र आरसीटी भिड्दै

काठमाडौं,४ पुस/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर मच्छिन्द्र र रानीपोखरी कर्नर टिम आरसीटी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्याह्न साढे १२ बजेपछि हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । ए डिभिजन लिगमा आफ्नो सयौं खेल खेल्न लागेको मच्छिन्द्र आज पनि जित निकाल्दै शीर्षता कायमै गर्ने योजनामा छ […]

भरतको ह्‍याट्रिकसँगै आर्मीको जित

काठमाडौं,३ पुस/भरत खवासले ह्याटि्रक गरेपछि त्रिभुवन आर्मी क्लबले शहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ५-० ले हराएको छ। दशरथ रगशालामा न्युरोड टिम(एनआरटी)ले सिमि्रक सरस्वति युथ क्लबलाई ४-१ पराजित गर्‍यो। लिगमा ह्याट्रिक गर्ने भरत दोस्रो नेपाली खेलाडी बने। यसअघि थ्रीस्टारका सन्तोष साहुखलले २ ह्याटि्रक गरिसकेका छन्। भरतले गरेको ह्याटि्रक जारी लिगको […]

सशस्त्र प्रहरी बल र सुदूरपश्चिमाञ्चल विजयी

धनगढी,३ पुस/प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०६९ अन्तर्गत आज भएका खेलमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) र घरेलु टीम सुदूरपश्चिमाञ्चल विजयी भएका छन् । स्थानीय रङ्गशालामा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १४-० गोलले पराजित गरेको छ । जीतसगै एपिएफ लिग अङ्क तालिका आधारमा छ अङ्कका साथ अग्रस्थानमा पुगेको छ एपिएफका लागि अनु लामाले […]

लिओनल मेस्सीको गोल ९० पुग्यो

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा लिओनल मेस्सीको २ गोलको मदतमा एथ्लेटिको मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । जितपछि बार्सिलोनाको १६ खेलबाट ४६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३७ अंक रहेको छ र […]

ए डिभिजन लिग फुटबलमा आर्मी र एपीएफ भिड्दै

काठमाडौं,२ पुस/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई विभागीय टोली नेपाल आर्मी र सशस्त्रको एपीएफ क्लब भिड्दैछन् । दशरथ रंगशालामा अपरान्ह साढे १२ बजे हुने आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दुवै टोलीको ६ खेलबाट समान ९ अंक रहे पनि गोल अन्तरका आधारमा एपीएफ आर्मी भन्दा १ स्थानमाथि […]

म्यानचेष्टर युनाइटेडको ६ अंकको अग्रता कायमै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर युनाइटेडले ६ अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा सण्डरल्याण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै युनाइटेडले दोस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन म्यान्चेष्टर सिटीसँग ६ अंकको दुरी कायमै राखेको हो । घरेलु मैदान बल्र्ड ट्राफडमा भएको खेलमा युनाइटेडले १६ औं मिनेटमा रोविन भानपर्सीको गोलबाट अग्रता लियो । […]

ए डिभिजन लिग फुटबलमा पुलिस र बाँसबारी भिड्दै

काठमाडौं,१ पुस/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार डिफेण्डिङ च्याम्पियन पुलिस र बाँसबारी क्लब भिड्दैछन् । दशरथ रंगशालामा अपरान्ह साढे १२ बजे सुरु हुने खेलमा पुलिस सहज जितको खोजीमा हुने छ भने पहिलो जितको खोजीमा रहेको बाँसबारी पुलिसलाई रोक्न प्रयासमा हुनेछ । ६ खेल खेलेको पुलिस ७ अंकका साथ ११ औं स्थानमा […]

महिला डबल लिग भलिबल उपाधि एपीएफलाई

काठमाडौं,२९ मंसिर/आठौं ढोरपाटन ‘ब्लु स्काइ कप’ टिभीएस महिला डबल लिग भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबार भएको लिगको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरी क्लबसँग ३-२ ले पराजित भएको एपीएफ समग्रमा ३९ अंकसाथ शीर्ष स्थान रहँदै उपाधि चुमेको हो । ३७ अंकसाथ प्रहरी दोश्रो स्थानमा रह्यो भने २८ […]

ए डिभिजन लिग फुटबलमा संकटा र एनआरटी भिड्दै

काठमाडौं,२९ मंसिर/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज संकटा र न्यूरोड टिम एनआरटी भिड्दैछन् । दशरथ रंगशालामा मध्याह्न साढे १२ बजेपछि हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । संकटा ५ खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ भने एनआरटी ७ अंकका साथ दशौं स्थानमा छ । आजै हुने अर्को खेलमा रानीपोखरी […]

ए डिभिजन लिगमा एपीएफ र बाँसबारी भिड्दै

काठमाडौं,२७ मंसिर/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार सशस्त्र प्रहरीको एपीएफ र बाँसबारी क्लब भिड्दैछन् । दशरथ रंगशालमा मध्यान्ह साढे १२ बजे सुरु हुने खेलमा एपीएफ सहज जित हात पार्दै ३ अंक जोड्ने दाउमा हुनेछ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ । ५ खेलबाट ६ अंक जोडेको एपीएफ ११ औं स्थानमा छ […]

आर्सनल क्वाटरफाइनलबाटै बाहिरियो

आर्सनल इङ्ग्लिस लिग कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा आसर्नललाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै ब्राडफोड सिटी सेमिफाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । आर्सनलका सान्टी काजोरेला र चामकको प्रहार ब्राडफोडका गोरक्षकले रोके भने थोमसले बाहिर हान्दा ब्राडफोड सिटीले ३ गोल […]

ए डिभिजन लिग फुटबलमा आरसीटी र जाउलाखेल भिड्दै

काठमाडौं,२६ मंसिर/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज रानीपोखरी कर्नर टिम आरसीटी र जाउलाखेल युथ क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । अंक तालिकाको तेस्रो स्थानमा रहेको आरसीटीको ४ खेलबाट १० अंक छ भने समान खेल खेलेको जाउलाखेल ६ अंकका साथ दशौं स्थानमा छ । […]

लिओनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी

जर्मनका सर्वकालीन महान खेलाडी गर्ड मुलरले आफ्नो ४० वर्ष पुरानो कीर्तिमान भंग गर्ने लिओनल मेस्सीको प्रशंसा गरेका छन् । मेस्सी विश्वको उत्कृष्ट खेलाडी भएको भन्दै उनले भनेका छन्-’मेरो रेकर्ड ४० वर्षसम्म रहृयो । अहिले विश्वको उत्कृष्ट खेलाडीले त्यो रेकर्डलाई तोडेका छन् । म यसमा खुसी छु ।’ एक अन्तरवार्तामा मुलरले भनेका छन्-’उनी एक अविश्वसनीय खेलाडी […]

ए डिभिजन लिग फुटबलमा मनाङ र एनआरटी भिड्दै

काठमाडौं,२५ मंसिर/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटी आमने सामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा एउटा पनि अपराजित मनाङ आज पनि जित निकाल्दै दोस्रो स्थानमा उक्नले लक्ष्यका साथ मैदान उत्रनेछ भने […]

सर्वाधिक गोलको कीर्तिमान मेस्सीको नाममा

बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले गार्ड मुलरले ४० वर्ष अघि बनाएको एकै क्यालेण्डर वर्षमा सर्वाधिक गोलको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगामा आइतबार राति रियल बाटिसविरुद्ध बार्सिलोनालाई २–१ को जित दिलाउने क्रममा दुबै गोल अर्जेन्टिनी स्टार मेस्सीले गरेका हुन् । यससँगै उनले सन् २०१२ मा बार्सिलोना र अजेन्टिनाका लागि ८६ गोल गरेका छन् । […]

रियल मड्रिडले बार्सिलोनासँगको दुरी ८ मा झार्‍यो

स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले भल्लाडोलिडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा भल्लाडोलिडलाई ३–२ गोल अन्तरलाई पराजित गर्दै रियलले चिरप्रतिद्वन्द्वी बार्सिलोनासँगको अंक दुरी ८ मा झारेको छ । १५ खेलबाट ३२ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ भने १४ खेलबाट ४० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले […]

भारतविरुद्धको तेस्रो टेष्ट इङ्गल्याण्डले ७ विकेटले जित्यो

भारतले तेस्रो टेष्ट इङ्गल्याण्डले ७ विकेटले जितेको छ । योसँगै चार टेष्टको श्रृखलामा इङ्गल्याण्डले २–१ को अग्रता लिएको छ । कोलकत्ताको इडन गार्डनस्थित घरेलु मैदानमा भारतको यो १३ वर्षपछि पहिलो हार हो । सन् १९९९ मा पाकिस्तानसँग ४६ रनको हार ब्यहोरेको थियो । तेस्रो टेष्ट जित्न भारतले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य इङ्गल्याण्डले ३ […]

ए डिभिजन लिगमा थ्रीस्टार र एनआरटी भिड्दै

काठमाडौं,२२ मंसिर/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र न्यूरोड टिम एनआरटी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । ३ खेलबाट ७ अंक जोडेको एनआरटी चौथो स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको थ्रीस्टार आठौं स्थानमा रहेको छ । आजै […]

लिभरपुल र टोटनह्याम नकआउट चरणमा

इङ्ग्लिस क्लब लिभरपुल र टोटनह्याम युरोपा लिगको नकआउट चरण प्रवेश गरेका छन् । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा युडिनेसलाई १–० ले पराजित गर्दै लिभरपुल समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो । खेलमा जोर्डन हेण्डरसनले २३ औं मिनेटमा गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । उनको यो पहिलो […]

चेल्सी च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

डिफेण्डिङ च्याम्पियन चेल्सी च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । च्याम्पियन्स लिगमा डिफेण्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा नोर्डस्जाएल्याण्डमाथि ६–१ फराकिलो जित हात पारे पजि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन । एक अंक मात्र चाहिएको युभेन्टसले साख्तर डोनेक्सलाई १–० ले पराजित गरेपछि […]

ए डिभिजन लिग फुटबलमा मनाङ र फ्रेण्ड्स क्लब भिड्दै

काठमाडौं,२१ मंसिर/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे हुने खेलमा मनाङ तुलनात्मक रुपमा कमजोर मानिएको फ्रेण्ड्समाथि हाबी हुने अनुमान गरिएको छ । राष्ट्रिय टोलीका कप्तान सागर थापाको नेतृत्वमा रहेको फ्रेण्ड्सलाई भने रेलिगेसनबाट बच्न पहिलो जितको खोजीमा हुनेछ । […]

ए डिभिजन लिगमा आज संकटा र बौद्ध तथा मध्यपुर र बासबारी भिड्ने

काठमाण्डौं,२० मंसिर/ राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज संकटा र वौद्ध तथा मध्यपुर र बासबारीबीच प्रतिस्पर्धा हुदैछ । संकटा र वौद्ध पहिलो खेलमा आमने सामने हुदैछन् । वौद्ध आज पहिलो जितको खोजीमा हुदा संकटा भने जित हात पार्दै दोस्रो स्थानमा उक्लने दाउमा छ । ३ खेलबाट ५ अंक बटुलेको संकटा आज जित हात […]

ए डिभिजन लिग फूटवलमा एपीएफ र मच्छिन्द्र क्लब भिड्दै

काठमाण्डौ,१९ मंसिर/ राजधानीमा जारी सहीद स्मारक ए डिभिजन लिग फूटबलमा मंगलवारवाट चौथो चरणका खेलहरु सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब आमनेसामने हुँदैछन् । मछिन्द्र २ जित र एक वरावरीसंगै ७ अंकका साथ लिग तालिकामा पहिलो स्थानमा छ भने एपीएफ भने १ […]

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं,१९ मंसिर/भारतको बैङ्गलोरमा जारी पहिलो दृष्टिविहीन ट्वन्टी-२० विश्वकप क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । आफ्नो दोस्रो खेलमा नेपाल श्रीलंकासँग १ सय ७८ रनले पराजित भएको हो । पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो । सेन्टर कलेज क्रिकेट मैदानमा टस हारेर व्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय […]

बेकहृयामले लिग उपाधि जिताएर एलए ग्यालेक्सीबाट विदा लिए

इङ्ग्ल्याण्डका फुटबलर डेविड बेकहृयामले लिग उपाधि जिताएर अमेरिकी क्लब एलए ग्यालेक्सीबाट विदा लिएका छन् । शनिबार राति भएको फाइनलमा हृयूस्टन डाइनामोलाई ३-१ ले पराजित गर्दै एलए ग्यालेक्सीले जित उपाधि जितेको छ । खेलपछि बेकहृयामले भनेका छन्-’मेरो लागि यो क्लब मेरा लागि विशेष छ र रहने छ । यस क्लबमा करिव छ वर्ष विताएपछि म खुसी […]

नेत्रहीन विश्वकपमा नेपालले बंगलादेशलाई हरायो

बेङ्लोर,१८ मंसिर/नेत्रहिन ट्वान्टी-२० विश्व कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपालले हिजो विजयी सुरुवात गर्दै बंगलादेशलाई ९ विकेटले हराएको छ। बेङ्लोरको एलडी श्रीनाथम मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ७ विकेट गुमाएर १ सय ५४ रन बनायो। नेपालले ७.३ ओभरमा लक्ष्य पुरा ग¥यो। सूर्यप्रसाद भट्टाराईको अविजित अर्धशतकको मद्दतमा नेपालले सहज जित हासिल गरेको थियो। […]