National News

हार्दिक श्रदान्जली ,चक्र प्रसाद तुलाचन ,

, हार्दिक श्रदान्जली ,चक्र प्रसाद तुलाचन , म्याग्दी जिल्ला र दाना गाऊ मा ४० बर्स स्कूल लाई दिनु भयको योगदान सम्झना रैरने छ ऊहाँको मृत आत्मा प्रति चीर शान्तीको कामना साथै यस दुखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी उनै भगवान् संग प्राथना गर्दछौ

today nepal news

News On Nepal Rani Mahal Watch this

<iframe width=”850″ height=”350″ src=”https://www.youtube.com/embed/2MDhEJnKwCw” frameborder=”0″ allowfullscreen></iframe>

Gurkha Soldiers

Rupse Watterfal dana

Rupse ChhHara Dana

Constitution of Nepal

Constitution of Nepal New Constitution of Nepal 2072 | Welcome ceremony Watch this video on YouTube Nepal’s Constitution 2072 for Madhesh Watch this video on YouTube Welcome to New Constitution of Nepal 2072 Watch this video on YouTube Nepal Welcome Constitution of Nepal 2072 Watch this video on YouTube New Constitution of Nepal 2072 Ashoj […]

Eu.INAS Program

INAS Program Germany & Europ Bhag 4 Switzerland INAS Dance and Singing Campetition, nepali Program 2016 Watch this video on YouTube .4th INAS Dance and Singing Campetition, Switzerland- Watch this video on YouTube 4th INAS Dance and Singing Campetition, Switzerland , Gauchha Gita Nepali Watch this video on YouTube ,4th INAS Dance and Singing Campetition, […]

Eu.INAS Program

INAS Program Germany & Europ bhag 2 Switzerland INAS Dance and Singing Campetition, nepali Program 2016 Watch this video on YouTube .4th INAS Dance and Singing Campetition, Switzerland- Watch this video on YouTube 4th INAS Dance and Singing Campetition, Switzerland , Gauchha Gita Nepali Watch this video on YouTube ,4th INAS Dance and Singing Campetition, […]

Eu.INAS Program

INAS Program Germany & Europ Switzerland INAS Dance and Singing Campetition, nepali Program 2016 Watch this video on YouTube .4th INAS Dance and Singing Campetition, Switzerland- Watch this video on YouTube 4th INAS Dance and Singing Campetition, Switzerland , Gauchha Gita Nepali Watch this video on YouTube ,4th INAS Dance and Singing Campetition, Switzerland , […]

Nepali Mustang Movie

New Nepali Movie – “PREM GEET” Full Movie || Latest Nepali Movie 2016 Full Movie Watch this video on YouTube

विदेशी इन्जिनियरले बनाउँदै खोप्राको सामुदायिक लज

म्याग्दीको पर्यटकीयस्थल शिख गाविस–६ मा अवस्थित खोप्रालेकमा रहेको सामुदायिक लजलाई आधुनिक र सुविधासम्पन्न बनाउन फ्रान्सेली नागरिकले आर्थिक संकलन तथा अनुभवी इन्जिनियहरूलाई प्रयोग गरिएको छ । फ्रान्सका बेथोको नेतृत्वमा दुईजना फ्रान्सेली इन्जिनियरले पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको खोप्रालेकमा रहेको सामुदायिक लजको सुविधासम्पन्न होटलको झल्को दिने गरी निर्माण गरिरहेका छन् । दुईतले भवनमा १२ […]

बेलायती राजकुमार थप ६ दिन नेपाल बस्ने

बेलायती राजकुमार हृयारी थप ६ दिने नेपालमै बस्ने भएका छन् । र, स्वयमसेवक भएर भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय बनाउन सहयोग गर्नेछन् । बुधबार नेपालस्थित बेलायती दूताबासमा आयोजित कार्यक्रममा हृयारीले भने, ‘म तत्काल नेपाल छाड्दै छैन । टिम रुविकनसँग छ दिन विकट गाउँमा विताउनेछु ।’ बेलायती राजकुमार आवद्ध भएको टिम रुविकनले भूकम्पबाट क्षतिग्रस्त समुदायिक विद्यालय बनाइरहेको […]

नेपाली कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भएका छन् –

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भएका छन् । १३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा नेताहरु अर्जनुनरसिह केसी र गगन थापालाई पछि पार्दै शशांक अागामी ४ बर्षका लागि महामन्त्री पदमा निर्वाचित भएका हुन् । केसी र थापा ससुरा र ज्वाई हुन् । एकै परिवारका दुई सदस्य […]

कांग्रेस सभापतिमा देउवा विजयी

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् । आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढिमत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो । […]

रोशन मान्धर अनुभवी र कुशल पाइलट थिए

दुर्घटना भएको तारा एयरको विमान” width=”150″ height=”150″ /> दुर्घटना भएको तारा एयरको विमान[/caption] बुधबार बिहान म्याग्दीमा दुर्घटनाग्रस्त भएको तारा एयरको विमान ९ एन–एएचएच असोज ९ गते नेपाल ल्यान्ड गरेदेखि नै क्याप्टेन रोशन मानन्धर तथा को–पाइलट डिकेस नेमकुलले मात्र उडाउँदै आएका थिए । तारा एयरको स्थापनाकालदेखि नै आवद्ध रहेका वरिष्ठ पाइलट रोशन तारा एयरका ‘डेजिक्नेटेड चेक […]

हरिबंश आचार्य . मृत्युको सट्टा दोस्रो बिहे रोजेँ

आजकै दिन म सधै मीराको जन्मदिन मनाउँथे । उनी रातो लुगामा सजिन्थिन् । मन खुसि हुन्थ्यो । र, आजै उनको दुई वर्षको पुण्यतिथिमा घरमा श्राद्ध थियो । जताततै पहेँलो । छोरो मोहित पहेँलो टिकामा भित्र–बाहिर गर्दा मीरालाई सम्झिएर मेरो मन भक्कानियो । मैले आफूलाई थाम्नै सकिनँ । भित्र कोठामा पसेँ । मनलागे जति रोएँ । […]

शवदाह जलाइन्छ पशुपति क्षेत्र विकास कोषले

माघ १०, २०७२- पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह सञ्चालमा ल्याएको छ । योसँगै शवदाह गृह सञ्चालन गर्ने कोषको सपना लामो समयपछि पूरा भएको छ । कोषका सदस्यसचिव गोविन्द टण्डनले विभिन्न अवरोध पार गर्दै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको बताए । ‘२०३९ मा यसको अवधारणा सार्वजनिक भएको हो, बल्ल सञ्चालनमा आयो,’ उनले भने, ‘ढिलै […]

पूर्व अर्थमन्त्री तथा एमाओवादी सचिव बर्षमान पुन

पूर्व अर्थमन्त्री तथा एमाओवादी सचिव बर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उहाँलाई थप उपचारको लागि आज अपरान्ह १:५० बजे थाइयाण्ड लगिएको छ। बैंककको समितिभेज अस्पतालमा उहाँको उपचार हुनेछ। शिघ्र स्वास्थ्य लाभको कामना

कोरला नाका खोल्न सम्भव छ: विकास समिति

मंसिर १७, २०७२- चीनसँग जोडिएको कोरला नाका खोल्न सकिने व्यवस्थापिका संसदको विकास समितिले ठहर गरेको छ । छोटो दुरीमा व्यापारिक कारोबार गर्न सकिने र सडकको ट्र्याक खुलिसकेकोले समितिले नाका खोल्नुपर्ने निस्कर्ष निकालेको सभापति रवीन्द्र अधिकारीले बताए । समितिका पदाधिकारीले स्थलगत भ्रमण गरेर नाका खोल्न सकिने निस्कर्ष निकालेको हो । ‘सडकको ट्र्याक खुलिसकेकोले स्तरोन्नती गरेर सञ्चालनमा […]

मुस्ताङको कोरला नाका खोल्ने सम्झौताले धौलागिरीबासी खुसी –

चीनसंग सीमा जोडिएको मुस्ताङको कोरला नाका खुलाउन नेपाल र चिनबिच सम्झौता भएपछि धौलागिरीबासीले खुसी व्यक्त गरेका छन् । कोरला नाकासंग सुनौलो भविश्य जोडिएको भन्दै त्यसलाई तत्काल सञ्चालन गर्न धौलागिरिबासीले माग गरेका थिए । बिहिवार नेपाल र चीनबीच कोरला नाका सहित ७ वटा नाका र दुई सुख्खा बन्दरगाह सञ्चालन गर्नेगरी २० बुँदे सम्झौता भएको छ । […]

को हुन् पहिलो महिला सभामुख ओनसरी

ओनसरी घर्तीमगर ‘उषा’ जन्म : २०३४ कात्तिक २८ गते । बुवा आमा : प्रसाद घर्तीमगर/नौमती घर्तीमगर (दुई आमामध्ये कान्छिबाट) दाजु भाई दिदी बहिनी : तीन दाजु, चार दिदि बहिनी । दिदी बहिनीमध्ये माहिली । छोरी : शिला पुन छोरो : उत्सव पुन . शिक्षा : नजिकै रहेका बालकल्याण प्राथमिक विद्यालयबाट अध्ययन सुरु गरेकी (अहिले मावि) […]

चीनसँग इन्धन ल्याउने सम्झौतामा हस्ताक्षर

भारतको नाकाबन्दीका कारण चरम इन्धन संकटपछि नेपालले चीनबाट इन्धन ल्याउने औपचारिक सहमति गरेको छ । बेइजिङ गएको सरकारी टोलीले चीनबाट इन्धन ल्याउने सम्झौतामा हस्ताक्षर गरेको हो। अव चीनबाट इन्धन आउने प्रक्रियाले औपचारिकता पाएको छ । चीनले दिने भनिएको अनुदानको पेट्रोल भने सीमानाका सम्म आइसकेको बताएको छ । के कस्ता सर्त र संझौतामा पेट्रोलियम पदार्थको खरीद […]

अन्तर्राष्ट्रिय कलाकार मंचद्वारा जर्मनी मुन्सटर मा दशैं कार्यक्रम भब्यताका साथ सम्पन्न

हिन्दुहरुको महान चाड विजया दशमीको शुभ उपलक्ष्यमा जर्मनीको मुन्सटर शहरमा १७ अक्टोबरका दिन अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनीका उपाध्यक्ष तथा यस कार्यक्रमका ईभेन्ट कोर्डिेनेटर लक्ष्मण जोशी ज्यूको नेतृत्वमा अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनीले एन आर एन जर्मनीको सहकार्यमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। प्रत्येक वर्ष विभिन्न शहरहरुमा अन्तर्राष्ट्रिय कलाकार मन्च जर्मनीले दशै मनाउँदै आईरहेको छ।कार्यक्रममा धेरै […]

उत्तरी मुस्ताङ्गको कोरल्ला नाका खुलाउन इच्छुक

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् । वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि […]

‘जुद्धशमशेरले आँट गरेका भए बंगलादेशसम्म नेपाल हुन्थ्यो, नाकाबन्दी भोग्नै पर्थेन’ –

काठमाडौँ, १५ असोज । अँग्रेजले नेपालको पूर्वी सिमानादेखि हालको बंगलादेशसम्मको भूभाग नेपाललाई लिन आग्रह गर्दा यहाँका तत्कालीन सत्तासीनहरूले भूभाग लिन आँट नगरेका कारण नेपाल सदाका लागि भूपरिवेष्ठित देश भएर रहनुपरेको हो । त्यसैको परिणामस्वरूप आज नेपालीले यो हविगत भोग्नुपरेको छ । इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार अँग्रेजले भारत छोड्ने लगभग निश्चित भएपछि विसं २००१ भदौमा नेपालका […]

तराई मधेसमा र भारतविरुद्ध एमाओवादी उत्रिने, जनपरिचालन र संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ, ११ असोज । एकीकृत नेकपा(माओवादी)ले नेपालको संविधान जारी भइसकेको अवस्थामा मुलुकका महत्वपूर्ण र रणनीतिक महत्वको स्थानमा प्रमुख तीन राजनीतिक दलका तर्फबाट आमसभा गर्नुपर्नेमा जोड दिएको छ । एमाओवादीको आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय समितिको बैठकले तराई मधेसका विभिन्न जिल्लामा जनपरिचालनसहित आमसभा गर्नुपर्ने निष्कर्ष निकाल्दै नेपाली काँग्रेस र नेकपा(एमाले)लाई पनि त्यसका लागि […]

‘नेपालको संविधान- २०७२’ संविधानसभाबाट पारित ,शिर्ष नेताले दिए प्रचण्ड बाबुरामलाइ बधाई ,नेपालको संबिधान संबिधान सभाबाट बन्ने निश्चित भयपछी देश तथा बिदेशमा क प्रचण्ड र क बाबुराम भय एका एक हाइ हाइ !!

‘नेपालको संविधान- २०७२’ संविधानसभाबाट पारित शुक्रबार सभासदको हस्ताक्षर, त्यसपछि सभाध्यक्षले प्रमाणिकरण गर्ने ३० भदौ, काठमाडौं । संविधानसभाले नेपालको नयाँ संविधान दुई तिहाई बहुमतले पारित गरेको छ । असोज ३ गते अपराहृन ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपतिले नयाँ संविधान घोषणा गर्नेछन् । संविधानले बुधबार संविधानमा थपिएका ६ सहित ३०८ धारा पारित गरेको थियो । त्यसपछि […]

चर्चित, लोक प्रिय लोक दोहोरि गायक राजु परियारको फेरी क्षेत्रमा

भाद्र २४, २०७२- एक समय थियो, लोक दोहोरी भन्नासाथ राजु परियारको नाम आउँथ्यो । लोक दोहोरी रेष्टुरेन्ट हुन्, राजमार्गमा कुद्ने गाडी हुन् वा एफएम रेडियो, राजु परियारको स्वरको जादु चलेको थियो । ‘गर्नु गर्‍यौ बलराम’ जस्ता केही गीतले उनलाई सफलताको शिखरमा पुर्‍याएका थिए । एकै दिनमा १३ वटा गीतसम्म उनले रेकर्ड गरे । ‘एकै दिनमा […]

नेपाली कांग्रेस बिपी कोइरालाका जेठा छोरा प्रकाश कोइराला

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा मन्त्री बनेपछि उनी कांग्रेसको कारबाहीमा परे । त्यसपछि उनी राजनीतिबाट हराए । बिपी जन्मशताब्दीको सन्दर्भमा कोइरालालाई । बिपीबारे प्रकाशले भने : बाबु बिपी २००७ सालमा म त्यस्तै तीन–चार वर्षको थिएँ । देशको राजनीति स्थिर थिएन । सानो भएकाले यस विषयमा मलाई चासो भएन । बुबा राजनीतिमा होमिनुभएको थियो । […]

घैंटे मारिँदा कस-कसलाई टेन्सन? यस्तो छ घैंटेको राजनीतिक सम्बन्ध नालिबेली

नेपाल प्रहरीको ‘मोष्ट वान्टेड’ सूचिमा रहेका गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् । खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले विहीबार स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताए । काठमाडौंको सामाखुसीस्थित आफ्नै घर नजिक कपुरधारामा प्रहरी र घैंटेको समूहबीच गोली हानाहान हुँदा घाइते भएका […]