About Us

हाम्रो बारेम
नमस्ते म मानकाजी नेपाली हाल जर्मनी बाट l आफ्नो जन्म थलो र पुर्ख्यौली ठाउको माया मोह कसलाई नलाग्ला र ? स्वभावत: मलाई पनि मेरी जन्म भुमि जन्म थलोको आपार माया मोहले संसारको जुनै कुनामा गएर बसे पनि कहिल्ल्यै छोडेको छैन l आफ्नो जन्मथलोको बिषय उठान हुने बित्तिकै म जहिले पनि भाबुक भएर भावनामा डुब्ने गरेको छु l यसर्थ पनि मेरो लागि मेरो जन्म भुमि सदैब प्राथमिकताको श्रेणीमा पर्दछ भन्न पाउदा अत्यन्तै भावभिबोर हुन्छु l
आज म त्यसै मेरो जन्मथलो तर्फ म यहाहरुलाई लिएर जान चाहन्छु यसै लेख मार्फत l यहाहरु सबैलाई आवगत छदै छ हिमाल पारीको गाऊ अनि त्यहि निश्चल-स्वच्छ हराभारा बातावरणमा अवस्थित ” काली गण्डगीको सेरोफेरो ” मा रमाइरहेको मेरो त्यो गाऊ , ससारको गहिरो गल्छी जसले आफ्नो शिरमा ”रुप्छे छहरा ”को सौन्दर्यतालाई विश्व सामु आफुलाई सजाएर राखेको मेरो त्यो प्यारो गाँउ, यसैगरी विश्व मा लोकप्रिय प्रयटकिय स्थल तातो पानी , घोरेपानी पुन हिल जस्ता अतिनै रमरणिय प्रयटकिय स्थललाई आफ्नो वरिपरि सजाएर राख्न सफल मेरो प्यारो जन्मथलो – विषेशता माथि पनि थुप्रै पहिचान बोकेको मेरो प्यारो गाऊ ” दाना ” प्रति म निकै गर्व गर्दछु l
धौलागिरी अंचलको म्याग्दी जिल्लामा अवस्थित दाना गा.ब.स बि.स. २०३२ साल सम्म मुस्ताङ्ग जिल्लाको सदरमुकाम रहेको थियो भने , यस दाना गाउ म्याग्दी जिल्ला र मुस्ताङ्ग जिल्लाको सिमाना पनि हो l हालको जोमसोम सम्म को मोटर बाटो नखुल्दा पनि मुक्तिनाथ सम्म जाने तिर्थ यात्रीहरु लगायत यस क्षेत्रका सबै हिमाल आरोहण पैदलयात्रीहरु यसै दाना गाउँ हुदै जाने आउने गर्दथे जुन हाल पनि यथावत छ , जसले गर्दा मेरो जन्मभूमिको महत्वलाई यी सबै पैदलयात्रीहरूले सदैब मुक्त कण्ठले प्रशंशा गर्ने गर्दछन -जुन म लगायत म जस्तै त्यसै गाउँमा जन्मेका दाना बासीलाई गर्वको महसुस हुने गरेको छ l
मेरो जन्म सन १९५७ सालमा बुबा शंख बिर नेपाली र आमा विबा देबी नेपालीको ६ भाई ५ बहिनी मध्यको म माहिलो छोराको रुपमा दाना गाउको हाम्रो प्यारो घरमा जन्मेको हुँ , जहाँ म मेरा परिवार संग १४-१५ बर्षको उमेर सम्म त्यसै गाउको घरमा बस्दै आफ्नो दुखसुख बढ्दै नि.मा.बि. सम्मको शिक्षा हासिल गरेर त्यस पछि को समय लगभग बि स २०२९ सालमा नजिकैको भुरुङ-तातोपानीमा मेरो बुबाले घरमा बस्दै त्यसै तातोपानीमा प्रयटकहरुको लागि आवश्यक सामाग्री बिक्रि गर्ने नमस्ते लजको एउटा शाखामा काम गर्दै आफ्नो कलिलो उमेर आफ्नो,आफन्त र जन्मभूमिको लागि समर्पित गर्दै झण्डै ३ बर्ष सम्म बिताए l त्यसपछि बिदेश जाने शिलशिलामा सन् १९८० मा पहिलो पटक जर्मनीमा पाईला टेकेको हुँ l समयको नियति भनौ या भाबिको लेखा जिन्दगीमा आफ्नो मुटुभन्दा प्यारो स्वर्गसरी जन्म थलो ”दाना ” बाट टाढिदै आफ्नो कर्म थलो जर्मनी लाई बनाउन पुगें l
आज फर्केर हेर्दा जिन्दगीको उतार चढावमा लगभग ३५ बर्ष भएछ मेरो कर्म थलो जर्मनीको बसाई l यस समय सम्म मेरा आफन्त इस्टमित्रहरुको अपार सादभावले हाम्रो पारिवारिक संजाल जर्मनी लगायत युरोप भरि छरिएको छ जसले आफन्त प्रतिको असिम आत्मियता र प्रेम नजिकबाट अनगिन्ति प्राप्त गर्दै गरेको नै छु l त्यसैगरी , युके , बेल्जियम , पोर्तुगाल , हल्याण्ड लगायत युरोपका धेरै देश बाट दाना लगायत दाना सेरोफेरोका मेरा साथीभाई र मैले मान्नु पर्ने मेरा दानाबासिहरुको असिम माया आशिर्बाद र प्रोत्साहन सधै पाउने गरेको छु जसको लागि म सदैब आफुलाई भाग्यमानी ठान्ने गरेको छु l यधपी मेरो जन्म थलो प्रतिको ” मोह ” ले मलाई सदैब कहिँ कतै आत्मसन्तुष्टि नभएको जस्तो खल्लो महसुस हुने गरेको छ l
मलाई लाग्छ मेरो जन्मथलो प्रति मेरो कर्तब्य बाट कहिल्यै कदापी बिमुख हुन सकेको छैन , जहा जसरी बस्छु , बाचुन्जेल म मेरो ” दाना” को लागि केहि गर्न सकुँ , ससारमा चिनाउन सकुँ , यो मेरो प्रतिबद्दता पनि हो l यसै मेरो लक्ष्य प्राप्तिको लागि मेरो केहि प्रायस मध्ये ” दाना तातो पानी डट कम” पनि एक रहेको छ ल यसको उदेश्य ससार भरि छरिएका दाना तातोपानीबासीहरुको एक अर्कामा परिचय होस , उनीहरुले आफ्नो गाउ ठाउ को लागि गरेका विभिन्न प्रगति वा कामहरुलाई छिटोछरितो हामी माझ सूचना प्रवाह होस भन्ने उदेश्यले यो ‘ दाना तातो पानी डट कम” को शुरुवात गरेको हुँ , जसलाई पुर्ण रुपले संचालन गर्न मेरी धर्म पत्नी श्रीमती फूल कुमारी नेपाली ले दिलो ज्यान सघाएकी छिन l हामीलाई यहाहरुको सुझाब सल्लाह र प्रोत्साहनको सदैब आवश्यकता रहनेछ l अन्तमा यहाहरुको माया र सादभावको सदैब आभार ब्यक्त गर्दछु l




















Rupse Chhahara
Myagdi panchebaja
Mustang Muktinath
Myagdi Galeshwor
Myagdi Dinesh Pun
Thado Bhaka Old
Raju Pariyar
About Us – Mankaji
भौगोलिक सिमाना दाना Geographic Dana
Nirmal Purja Dana
Jaya Bachchan
Dana Charity Show
Khadka Garbuja
shishir yogi songs