भौगोलिक सिमाना दाना-Geographic

—————————————————————–

भौगोलिक सिमाना दाना-Geographic-

दाना गा. बि. स. म्याग्दी जिल्ला कै सबै भन्दा उत्तरी भेगमा पर्दछ | पूर्वमा काली गण्डकी बगेको छ, त्यसको साथसाथै कोप्चे पानी, गाड्पार नारच्यांग गाँउ हरु पर्दछ | गाड्पार गाउँ दाना गा. बि. श. अन्तर्गत रहेको थियो , धेरै पछि बिभिन्न कारण ले गर्दा नर्च्यांग गा. बि. श. मा गाबिन गयो | तर अझै पनि गाड्पार र दाना को मैतरिक सम्बन्ध भने पुरानै ब्यबहारमा रहेका छौ, भौगोलीक कारण बाट पनि धेरै नजिक छौ | पश्चिममा चिमखोला को सिमाना पर्दछ | प्राय जसो सबै बन र जंगल ले ढाकिएको छ जहाँ दाना र चिमखोला का गाई , भैसी गोठका गोठाला हरु भेटघाट र रमाइलो गर्ने गर्दछन जुन बर्षा यामको (अषाढ, श्रावन र भाद्र) महिना तिर | उत्तरमा मुस्तांग जिल्लाको लेते तथा बादर जूंग नामको अति नै ठुलो पहाडले सिमाना छुटाई दिएको छ | यसै गरि दक्षिन् मा भुरुंग तातोपानी पर्दछ |
प्राकृतिक
यस गा. बि. स. लाई प्रकृति को साथै अन्य कला मन्दिर ले केहि सौन्दर्यता बढाई दिएको छ | जस्तै बिस्वकै गहिरो अन्ध गल्छी लगाएत , रुप्से छहरा साथै अन्य शिवालय मन्दिर, काली देवी को मन्दिर र भूमे पुजा को मन्दिर हरु (जेठा भूमे, माईला भूमे, कान्छा भूमे) मन्दिर हरु पनि छन् | जुन माइला भूमे रुप्से छहराको नजिक अवस्थित छ, जहाँ एउटा मेला को रुपमा मात्र नभई आफ्नो मनको इच्छा बर माग्न र रुप्से छहरा अबलोकन गर्न पनि जाने गर्दछन | यसै गरि संधै भरि बगिरहने अति सुन्दर खोला तथा झरना हरु पनि छन् , लाटा खोला , दुवारी खोला – अति सफा, सुन्दर जहाँ हीउद समय मा माछा मार्ने पौडी खेली गाउँका युवा तथा बालबालिका आन्नंद लिने गर्दछन | दाना को सम्पूर्ण भाग पुर्ब तिर मोहोरा परेको हुँदा बिहान छिटै सुर्य उदाउने र पौष , माघ मा पनि सुर्यको चाडै दर्शन गर्न पाइन्छ | जहाँ पूर्वमा अवस्थित अति सुन्दर अन्नपुर्ण हिमालय बाट आएको किरण अझ सुन्दर देखिन्छ, त्यति मात्र कहाँ होर बेलुकी पख सुर्यास्त हुँदा त्यसको किरण फेरी त्यही अन्नपुर्ण हिमालमा पर्ने हुँदा दानाको अलि उच्च भाग देखि झनै सुन्दर देखिन्छ |

दाना गा. बि. स. म्याग्दी
आज भन्दा धेरै अघि दाना मुस्तांग जिल्ला को सदर मुकाम रहेको थियो तर त्यस्तै भौगोलिक तथा राजनैतिक कारणले गर्दा पछि आएर जोमसोममा २०३२ सालमा सारिएको थियो | त्यसैले गर्दा होला अघिका ति बिशेस सम्बद्ध को कारण ले गर्दा अझै पनि पुराना , पुराना अफिस र घर हरु पनि छन् | ति प्राचिन सिंगा मर्मले कुदिएका र काठका कला हरु अझै ति घरहरुमा सुरक्षीत् रहेका छन् | ति हस्तकला का चिनो हरु अझै पनि अति राम्रा छन् ,त्यसैले होला बिदेशी पर्येटक हरुले फोटो खिच्ने गर्दछन |
स्कूल/छात्राबास
पूर्व पंचायत कालको २०३२ सालमा माध्यमिक बिधालयको स्थापना भएको थियो | त्यस बेला सबै भन्दा पहिलो पटक एस. एल. सी. परिक्षामा श्री अमर्शिंग पुर्जा ज्यु ले उतिर्ण गर्नु भएको थियो | यसरि लामो समयको अन्तराल पछि टेन प्लस टू को जमर्को हामीले देश, विदेशको धेरै प्रयासले ले गर्दा हालसालै सफल भयौं | यस बिद्द्यालय को प्रधानाध्यापक, श्री नर्शिंग पुर्जा ले धेरै लामो समय सम्मसंचालन गर्नु भएको थियो र उहाँ बिज्ञान बिसयमा धेरै पुरानो र निपुण शिक्षक हुनु हुन्थ्यो तर उहाँले हाल श्री धर्म दत्त सुबेदी ज्यु लाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पी दिनु भएको छ | यस बिद्धालयको लागि छात्राबासको व्यवस्था पनि गरिएको छ , जहाँ छात्राबासमा बिद्दार्थी र शिक्षक हरु बस्ने गर्दछन |
शुबिधा/ अन्न बाली

यस गा. बि. स. मा यातायातको सुबिधा प्राय सबै वार्ड नम्बर १ देखि ९ नम्बर सम्म अलि अलि भए पनि पोखरा देखि जोमसोम मोटर सडकले जोडिएको छ | बिजुली बत्ति को बिषयमा भन्नु पर्दा जब (मिरिस्थी नदि) घरापमा जुन चाही (गाडपार र नार्च्यांग को) बिचमा पर्दछ, त्यस जल बिधुत योजना ले गर्दा भाग्यबस आज भन्दा धेरै पहिले देखि नै बिजुली बत्ति उपोभोग गर्न पाएका छन् | त्यहाँका बशिन्दाहरुले फल फुल हरुमा सुन्तला, नासपाती, बेलौती तथा अम्बा, केरा, कागती इत्यादी प्रसस्त मात्रामा उबजाउछन् | खेति किसान को बारेमा भन्नुपर्दा मकै, कोदो,फापर, गौं, जोऊ, आलु, तोरी धान,भट्ट, लट्टे र सिमी इत्यादी उब्जाउ गरि जिबिको उपार्जन गरेका छन् | दाना गाउँ प्राय सडक को नजिक पर्ने हुदाँ चिया, भट्टी ,पसल ,साना तिना होटेल तथा रेसटूरेन्ट गरेर झन्डै ३०% जति मानिसहरु बन्द ब्यापार मा निर्भर छन् | अन्य ७०% मानिसहरु भने खेति किशान , देश विदेशमा नोकरी गरि परिवार पाल्ने गर्दछन | कोहि मानिसहरुले घोडा , खत्चड़ पनि सवारी साधन साथै दाउरा घांश र अन्न ओसारको पोसार लागि प्रयोगमा ल्याउन्छन् |
जाती, धर्म,तथा वर्ग
दाना गा. बि. स. एउटा रंगी बिरंगी फुल जस्तै भरिएको विभिन्न जातको सुन्दर बगैचा जस्तै हो, भन्नुमा दुई मत छैन | जस्तै पुन मगर, थकाली, राना , थापा मगर, बुडा थोकी मगर, रोका मगर, गुरुङ, नेवार, बाहुन, राई, छेत्री, ठकुरी , भोटे शेर्पा ,परिवार र बिस्वकर्मा आदि छन् | यसरि विभिन्न जाति ले भरिएको फुलबारी भएको हुँदा प्राय: अन्य ठाउँका व्यक्ति हरु ले दाना का मान्छे हरु अलि बाठा भन्ने पनि गर्दछन | हुन पनि बिहा वर्तन , रितिरिवाज दाह संस्कार आ – आफ्नो तरिका ले गरेको पाउछौ | पुन मगर हरु को मादले मारुनी र हाई मार्ने अति चल्ती मा छ | गुरुङ जाति को दाह सस्कारमा आफ्नै किसिमले लामा चलाउने गर्दछन | यसै गरि अन्य जातिहरु पनि | धर्म प्राय बुद्ध , हिन्दु क्रिशिएन् मान्ने गरिएको पाइन्छ |
स्थानीय तथा /बिदेशी सहयोग
हामी जहाँ जता बसे पनि यसरि हामीले पाएको गाउको बाल्य कालको शिक्षा , पालन पोषण ,माया ममता ले हर पहल याद र सम्झना आइरहने हुँदा सात समुन्द्र पारि रहेपनि केहि सम्झना तथा माया स्वोरुप थोरै भए पनि आर्थिक शहयोग गर्न सफल भएका छौ | स्कुलका बिद्धार्थी हरुका सरिरिक तथा खेल्कुद को मनश्थिति लाई ध्यानमा राखी हालसालै बेलायत बाट आर्थिक सहयोग १० लाख प्रधान गरियो | यस बापत गाउलेका परिश्रम र बिदेशी आर्थिक सहयोग ले फूट बल मैदान पनि बनाउन सफल भयौं | यसै गरि दाना गा. बि. स. को ठाडा गाँउमा आगो लागि भएर बेलायत र पोर्चुगल ले झन्डै २ लाख आर्थिक सहयोग पनि गरेका थियौं | यस्तै गरि अन्य किसिमका दुख बिरामी परेका अवस्थामा सक्दो सहयोग गर्दै आएका छौ | त्यसैले गर्दा यो एउटा फ्रेन्डली ब्रोदर दाना शेरोफेरो संस्था इश्बी सम्बत २००५ मा औपोचारिक रुपले बेलायतमा स्थापना गरेका हौ |
भिम पुर्जा फ्रेन्ड्ली बरोदर दाना सेरो फेरो माहा सचिब
दाना गा.बि.स. हाल,स्वीन्डन बेलाएत