[NRN GERMANY] जर्मनीमा शेष घले

nrn_germany_logoआदरणिय जर्मनबासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरु
यहाँहरुलाई थाहानै छ, नेपालमा भुकम्प गएर बिपत्ती परेको बेलामा हामीसबैको प्रतिनिधित्व गर्दै आँफै नेपालको गाउ गाउमा पुगेर भुकम्प पीडितहरुलाई सहयोग गरेर बिदेसिएका सम्पूर्ण नेपालीहरुको शिर उच्च पारी दिने आदरणिय ब्यक्तित्व एबम एनआरएनए आइसीसीका अद्यक्ष श्री शेष घलेज्यु यही ०८-०८-२०१५ अगस्ट ८ तारिख फ्र्यन्क्फोर्ट आउँदै हुनुहुन्छ। भुकम्प पीडितहरुलाई सहयोग गर्ने दौरान अध्यक्ष श्री घलेज्युले गरेका अनुभवहरु हाम्रो सँग साट्न र काठमाडौंमा हुन गईरहेको एनआरएनएको आगामी अधिबेसनको नेत्रित्व चयनको बिषयमा उहाका बिचारहरु सुन्न एनआरएनए जर्मनीले एक अन्तर्कृया कार्यक्रम गर्ने भएको छ। यसैले उक्त अन्तर्कृया कार्यक्रममा यहाँहरु सबै जर्मन बासी नेपाली दिदी बहीनी दाजुभाइहरुलाई हार्दिक आमन्त्रण गर्दछौ।

स्थानः Tagungshotel Höchster Hof Frankfurt
Mainberg 3, 65929 Frankfurt am Main

समयः दिउसो १२ बजे

मिती: 2015-08-08

पुनश्व: अन्तर्कृया कार्यक्रम पछी एनआरएनए जर्मनीको सहमतीको साझा उमेद्बबारहरु चयनको लागि अन्त्रकृया पनि त्यसै दिनहुने कुरा जानकारी गराइन्छ।

हरेन्द्र वनेम, अध्यक्ष तथा
सम्पूर्ण पदाधिकारीहरु
गैर आबसिय नेपाली संघ जर्मनी


आदरणिय जर्मन बासी दिदी बहिनी तथा दाजु भाईहरु,
जर्मनीमा बसोबास गर्ने सबै सदस्यज्युहरु बीच इमेल सम्पर्क गर्नको लागि यो समूह खडा गरिएको हो |
1->एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरु र एनआरएनएका सदस्यसाथीहरुलाई संयुक्त इमेल पठाउदा nrngermany@googlegroups.com प्रयोग गर्नु होला|
यो इमेल को माध्यम बाट छिटो छरितो सम्पर्क कायम गर्न सकिनेछ|
2->यो ठेगानामा इमेल पठाए एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरुले फेसबुकमा समेत इमेल पाउनेछन|
3->यो इमेल प्रयोग गरेर कुनै साथिलाइ पनि व्यक्तिगत लान्छना वा गाली गरेर लेख्न पाइने छैन|
4->ब्यक्तिगत रुपमा संपर्क गर्नु परे वा कुनै एक ब्यक्तीलाई संपर्क गर्नु परेमा कृपया यो ईमेल प्रयोग नगरि सम्बन्धित ब्यक्तीको ईमेल प्रयोग गर्नु होला ।

Leave a Reply