[NRN GERMANY] एनआरएनए जर्मनीको सदस्यता सम्बन्धि जरुरी सूचना

nrn_germany_logoआदरणीय जर्मनीबासी दिदीबहिनी तथा दाजुभाईहरु
हार्दिक नमस्कार
सर्बप्रथम विनासकारी भूकम्पले नेपाल र नेपालीहरुलाई तहस नहस पारेको अबस्थामा पनि एनआरएनए जर्मनीले भुकम्प पिडित नेपालीहरुको सहयोगको लागि आह्वान गरेको आर्थिक संकलन कार्यक्रमलाई सफल बनाउन यहाहरुले गर्नु भएको सहयोगलाई एनआरएनए जर्मनीले अत्यन्तै गौरबका साथ मनन गर्दै ति मनकारी व्यक्तित्वहरुलाई हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ साथै भबिस्यमा पनि यहाहरुको सल्लाह ,साथ र सहयोग रहने छ भन्ने बिश्वास लिएका छौ l

यहाहरुलाई थाहा छदैछ, हरेक दुई बर्षमा गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी (एनआरएनए एनसीसी जर्मनी )को सदस्यता नबिकरण गर्दै नया नेतृत्व चयन गर्ने र नया कार्यनीतिहरु तय गर्ने गरिन्छ । एनआरएनए जर्मनीको २०१३- १५ सम्मको लागि चुनिएको नेतृत्वको कार्यकाल समाप्त हुनै लागेको छ। यो बीचमा हामीले एनआरएनए जर्मनीलाइ संस्थागत र ब्यबस्थित गर्ने कामहरु ( संस्थाको दर्ता, लामो समय सम्म चल्न नसकेको खाता संचालन, नया वेबसाइट खोल्ने )कार्य गरेका छौ साथ साथै हरेक क्षेत्रमा नया एलसीसीहरु गठन गर्ने कामहरु पनि गरेका छौ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको राष्ट्रिय अधिबेशन आगामी ३१ अगष्ट २०१५ भित्र गरि सक्नु पर्ने र सम्पूर्ण सदस्यताको विवरण १५ सेप्टेम्बर २०१५ भित्र अन्तराष्ट्रिय समन्वय परिषदमा पठाई सक्नु पर्ने भन्ने अन्तराष्ट्रिय समन्वय परिषद्को पत्रानुसार एनआरएनए जर्मनीले तोकिएको समय सिमा भित्र राष्ट्रिय अधिबेशन गरि सम्पूर्ण विवरण आइसीसीमा पठाउने निर्णय गरेको जानकारी गराउदछौ तसर्थ यही आउदो अगस्ट २० तारिखका दिन जर्मनीकै ह्याम्बुर्ग शहरमा एनआरएनए जर्मनीको साधारण भेला समेत बोलाइ सकिएको छ। त्यसैले यो बीचमा जर्मनीबासी सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले आफ्नो एनआरएनएको सदस्याता लिन हुन तथा नबिकरण गर्न हुन हार्दिक अनुरोध गर्दछौ । सदस्याता नबिकरण वा नया सदस्यताको लागि यो संगै पठाइएको आबेदन फर्म भएर सम्बन्धित क्षेत्रको एलसीसी संयोजकलाई बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। साथै ह्याम्बुर्गमा हुन गईरहेको गैर आबासिय नेपाली संघको साधारण भेला यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौ।

एलसीसी कोर्डिनेटरज्युहरुलाई अनुरोध:

एनआरएनएको सदस्यतालाई ब्यबस्थित गर्नको लागि सबैले फर्म भरेर एलसीसी संयोजकलाइ बुझाउने अनि एलसीसी संयोजकले सिफारिस गरेर राष्ट्रिय समन्वय परिषद (एनसीसी ) को अध्यक्षलाई बुझाउने र एनसीसी अध्यक्षले नयासदस्यता प्रमाणीकरण वा नबीकरण गरेर पुन संबन्धित ठाउमा पठाउने व्यवस्था गरिएको छ। त्यसैले एनआरएनए जर्मनी अन्तर्गतका सबै एलसीसी संयोजकज्युहरुले एनआरएनए जर्मनीको सदस्यता फर्म भर्न लगाएर प्रमणिकारण वा नबिकरणको लागि यथाशिघ्र पठाउन हुन हार्दिक अनुरोध गरिन्छ । सदस्यता-फर्म यसैईमेल को अन्तमा अट्याच गरिएको छ। सदस्यता फर्म भरेर ह्याम्बुर्ग शहरमा हुने साधारण भेलामा बोकेर संगै लिएर आउनु भयो भने अध्यक्षले त्यसै दिन प्रमाणीकरण वा नबिकरण गरेर फिर्ता पठाउने ब्यबस्था मिलाएकोले सो बमोजिम गर्न हुन हार्दिक अनुरोध गरिन्छ साथै एनआरएनएको दुई बर्षे सदस्यता शुल्क १० यूरो राखिएकोले सदस्यता फर्म लिएर आउदा उक्त सदस्यता शुल्क पनि लिएर आउन हुन हार्दिक अनुरोध गरिन्छ।

हरेन्द्र वनेम
अध्यक्ष
गैर आबासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद जर्मनी


आदरणिय जर्मन बासी दिदी बहिनी तथा दाजु भाईहरु,
जर्मनीमा बसोबास गर्ने सबै सदस्यज्युहरु बीच इमेल सम्पर्क गर्नको लागि यो समूह खडा गरिएको हो |
1->एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरु र एनआरएनएका सदस्यसाथीहरुलाई संयुक्त इमेल पठाउदा nrngermany@googlegroups.com प्रयोग गर्नु होला|
यो इमेल को माध्यम बाट छिटो छरितो सम्पर्क कायम गर्न सकिनेछ|
2->यो ठेगानामा इमेल पठाए एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरुले फेसबुकमा समेत इमेल पाउनेछन|
3->यो इमेल प्रयोग गरेर कुनै साथिलाइ पनि व्यक्तिगत लान्छना वा गाली गरेर लेख्न पाइने छैन|
4->ब्यक्तिगत रुपमा संपर्क गर्नु परे वा कुनै एक ब्यक्तीलाई संपर्क गर्नु परेमा कृपया यो ईमेल प्रयोग नगरि सम्बन्धित ब्यक्तीको ईमेल प्रयोग गर्नु होला ।
नब राज रोस्यारा बारीष्ठ उपाध्यक्ष

Leave a Reply