जर्मनले दियो नावालकहरुलाई दोहोरो नागरिकता


जर्मनले त्यहा जन्मेका आप्रवासीका नावालक सन्तानलाई दोहोरो नागरिकताको सुविधा दिएको छ । गत मंगलवार सहमत भएको नया कानुन अनुसार ती नावालक जर्मनमा जन्मेर ८ वर्ष वसेका वा ६ वर्ष स्कुल गएका नावालकहरुले २१ वर्ष को उमेर भित्र दोहोरो नागरिकता लिन सक्ने छन ।
पहिलेको नियम अनुसार २३ वर्ष भित्र एउटा देशको मात्र नागरिकता लिनु पर्ने हुन्थ्यो ।
यो नया नियमले करिव चालिस हजार नावालकले सुविधा पाउने समाचारमा जनाइएको छ ।
यो नियम जर्मनको १९९९ को नागरिकता सम्वन्धी कानुनमा गरिएको व्यापक सुधारको रुपमा लिएको छ

Leave a Reply