हर्ष र उल्लासको दिन नेपालीहरुलाई र जर्मनहरुलाई

ज्योतिष शास्त्रले आज बिजय दशमीको कुनै पनि कार्य गर्दा अतिनै शुभ हुने भएकोले अतिउत्तम साहित् भएको पुष्टि गरेकोछ।

एकै दिन खुशी, हर्ष र उल्लासको दिन नेपालीहरुलाई र जर्मनहरुलाई
पुष्प थापा जर्मनी – बिजय दशमीको दिन जुन सुकै कार्यको सुरुवाद गर्न र हर्ष उल्लास गर्न अति नै उपयुक्त दिनको रुप ल्याउने गरिन्छ। ज्योतिष शास्त्रले आज बिजय दशमीको कुनै पनि कार्य गर्दा अतिनै शुभ हुने भएकोले अतिउत्तम साईत भएको पुष्टि गरेकोछ। आज गरेको पुजा,आजा,बिबाह र बर्तबन्ध हिन्दु धर्मको कुनै पनि धार्मिक कार्य गर्न धेरै शुभ दिन भएको मानिन्छ। नेपाली सनातन सांस्कृतिनुसार आज आफ्ना बाबु आमा तथा मान्यजन अग्रजहरुबाट टिका र जमरा लगाएर आशिर्बाद लिने चलनछ। यो नेपाली सांस्कृतिमा कहिले देखी सुरु भयो भन्ने ठ्याकै यकिनका साथ भन्न त कुनै पनि पात्रोमा लेखिएको भेटिदैन।नेपाल देश नहुनु भन्दा पहिला देखि मानव समाजको उत्पत्तिको साथमा बिकाश भएको अनेक खुसियाली चाड मध्येको मुख्य खिसियाली दशैँ हुनुपर्छ भन्ने बिज्ञहरुको अनुमानमाछ। हुन त बिना क्यालेडरको आधारमा धेरै धार्मिक किम वदन्तीहरु भएको र ज्योतिष शास्त्रले पनि एक पबित्र दिनको संज्ञा दिएकोले पनि यो दिन आफैमा पनि धेरै पबित्र भएकोले नै बिजय दशमी भन्ने गरेकोहो भन्ने बुझिन्छ।

३ अक्टुबर १९९०को आजको दिन ४५ बर्ष सम्म अलग देश भएर भिन्न शासन व्यवस्था रहेका जर्मनहरुले आजकै शुभ साहित मानेर जर्मनीलाई पुनः एकीकरण गरिएका थिए।ईस १९४५मा जर्मनीमा नाजीहरुको शासन व्यवस्थाको पतन भए पछि सुरुमा जर्मनीलाई ४ भागमा बाढेर अमेरिकन, ब्रिटेन , फ्रान्स र सोभियत संघमा आफ्नो अधिन मा राखिएको थियो। सितयुद्धको समयमा संसारको शक्ति दुइ ध्रुबमा केन्द्रित भए पछि चार भागमा बढीएको जर्मनी दुइ अलग अलग शासन व्यस्था देशको रुपमा पूर्वी जर्मनी German Democratic Republic (GDR/East Germany) र पश्चिम जर्मनी Federal Republic of Germany (FRG/West Germany) भएकोले एउटै परिवार पनि एलग अलग देशमा बस्नु परेको बाध्यता थियो। ति दिनहरु जर्मनीको ईतिहासमा अति नै दुखदाई पिडाको समयको रुपमा हेरिन्छ। पूर्वी जर्मनी कम्युनिष्ट सोभियत संघको छत्र छायामा चल्ने भएकोले ४५ बर्ष सम्म पुर्बी जर्मनीको बिकास र जनतालाई अरु विश्वको लोकतान्त्रिक मुलुकसित अलग गरिएको थियो। मानव अधिकार उल्लंगन र मानव जीवन पद्धतिका अतिनै साधारण आवस्यकता नियम कानुनहरुलाई कुण्ठित गरी मुठ्ठी भर दबाएर राखेकोले पुर्बी जर्मनीका जर्मनहरु उकुश मुकुश भएकाथिए।सितयुद्धका नाइके अमेरिका र सोभियत संघ संग बिचको भएको समझदारीले बर्लिनको वाल खोल्नलाई सहमतभयो। तत्कालिन अमेरिकन प्रेसिडेन्ट रोनाल्ड रेगानले तत्कालिन शोभियत संघका प्रेसिडेन्ट मिथाइल ग्रोभाचोबलाई “टिल डाउन ग्रोभाचोब बर्लिन वाल”भनेको वाक्यले धेरै महत्व राखेकोछ।सितयुद्धको अन्त्य ९० को दशकमा पूर्वी युरोपबाट शोभियत संघको अधिनमा रहेका सबै देशहरुमा बिना रक्तपात सत्ता परिवर्तन भयो। १९९०मा भएको निर्वाचित पूर्वी जर्मनीको सरकारले संसारबाट आफुलाई बचाउन पश्चिम जर्मनी संघिय गणतान्त्रिक जर्मनी सित पुनः एकीकरण गर्नकोलागी छलफलको लागि मन्जुर भयो धेरै लामो छलफल पछि पुनः एकीकरण हुनमा सहमत भएकाथिए।त्यो दिन सम्पूर्ण जर्मनहरुको खुशी उल्लाहास उमङ्ग समय आयो दुइ भागमा बाढीएको बर्लिन सहरको पर्खाल खुल्नेभयो। परिवारको मिलन हुने भयो भन्नेमा सबैले पर्खिएर बसेकै दिन ३ अक्टुबर १९९०को दिन थियो।

जर्मन जनताको मनमा खुशीको सिमा रहेन। एउटै देश एउटै सांस्कृति र एउटै भाषा भएको देश दुई भागमा बाढिदा एक मुटुलाई बिचमा फलामको किला ठोकेको अनुभव जर्मनहरुलाईभयो। युरोपको पहिलो नम्बर अर्थ तन्त्र भएको देश र संसारको चौथो ठुलो अर्थ तन्त्र हो जर्मनी भने युरोपियन युनियनको सबभन्दा धेरै घना आवादी पनि भएको देश जर्मनीले आज पुनः एकीकरण भएको दिनको रुपमा हर्ष उल्लाहस खुशीयालीका साथ मनाउदैछन्।त्यसैले आजको दिनलाई संसार भरी छरिएर रहेका जर्मनहरु र जर्मनीमा रहने जर्मनहरुले अस्मरणीय दिनको रुपमामा यो दिन मनाईन्छ। जर्मनहरुको आपसमा शुभकामनाहरु आदान प्रदान गर्ने शुभ दिन राष्ट्रिय पर्व पनि आजै नै हो।

ज्योतिष शास्त्रको अनुसार तीन सय बर्ष पछि मात्र नेपालीहरुको महान चाडमा नवमी र दशमी एकै दिन परेको शुभमा संसार भरी छरिएर रहेका सबै नेपालीहरुले आफ्नो गच्छे अनुसार दशैँ मनाई रहेकाछन। मान्छेको स्तर अनुसारको तरिका दशैँ मनाउने फरक भएता पनि तर लक्ष्य सबैको एउटै हो शुख शान्ती समृद्धि उत्तर उत्तर प्रगतिको कामनाको साथमा शुभकामना आदन प्रदान गरिन्छ। त्यसैले आज सबै नेपालीहरु आफ्नो महान चाडमा धेरै नै खुशी उल्लाहासको शाथमा परिवार र साथिभाइहरु सित दशैं मनाई रहेकाछन। यो हाम्रो सांस्कृति हो यो कुनै जाती धर्मको नभएर सम्पूर्ण नेपालीहरुले राष्ट्रिय रुपमा मनाउदै आईरहेकाछौ। राष्ट्रिय एकता, अखण्डतालाई दशैँ जस्ता चाड पर्वले अझ धेरै बलियो बनाउन मद्दत गर्दछन। हामी नेपालीहरुले मनाउने सबै चाड पर्वहरुले आपसमा सदभाव,समझदारी, राष्ट्रिय एकता र अखण्डता अझ धेरै बलियो बनाउने गर्दछ।

Leave a Reply