साउदी राजकुमार ले नेपालका भूकम्प पीडितकालागि १० करोड

राजकुमार अलविद विन तलाल

राजकुमार अलविद विन तलाल

साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन्।

काठमाण्डौ, १७ वैशाख – साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन्।

उनले आफ्नो परोपकारी संस्था अलविद विन तलाल फाउण्डेसन मार्फत् हालै उक्त रकम सहयोगको घोषणा गरेको अरबन्यूजलाई उदृत गर्दै अनलाईन खबरले जनाएको छ।

यो रकम उनले इन्टरनेशनल मेडिकल कर्प, हेविटाट फर ह्युमिनिटी र वल्र्ड फुड प्रोग्राममार्फत् नेपालका भूकम्प पिडीतका लागि खर्च गर्नेगरी सहयोग गरेका हुन् । लेवनानमा दर्ता रहेको राजकुमार तलालको फाउन्डेसन ९० मुलुकमा परोपकारी कार्यमा संलग्न छ।

साउदी राजकुमार दुई बर्ष नेपाल भ्रमणमा आएका थिए । हालै नेपाल सरकारले उनलाई मुलुकको सर्वोच्च मान पदवीले सम्मान गरेको थियो।

Leave a Reply