म्याग्दीको सबै गाउँमा इन्टरनेट पुयाउन मोना यूकेले सघाउने

45487_201728013305384_2036587665_nजिल्लाभर इन्टरनेटको पहुँच पु¥याउने बहुचर्चित प्रोजेक्टरलाई यूकेमा रहेका म्याग्देलीले सघाउने भएको छ । नेपालकै नमुना जिल्ला बनाउने अभियान अन्र्तरगत जिल्ला विकास समितिको कार्यालयले गरेको प्रस्तावलाई ग्रामिण दुरसञ्चार प्राधिकरणले समेत सहयोग गरेपछि तिब्रता पाएको अभियानलाई प्रवासमा समेत सहयोग गर्ने लहर नै चलेको छ ।
मोना यूकेको कार्य समितिको बैठकले संस्थाका पुर्व अध्यक्ष एवम् समाजसेवी योग कुमार फगामीलाई फ्रि वाईवाई अभियानको यूके कोर्अडिनेटर बनाएको छ । त्यस्तै सदस्य सचिवमा प्रवेश केसीलाई तोकेको छ ।

1930643_482758785248476_1040188275893629584_n (1)‘जिल्लाको अभियानमा हामीले पनि आफ्नो योगदान गर्न चाहन्छौ । सामाजिक क्षेत्रमा अनुभवीलाई संयोजक तोकेका छौ’ मोना यूकेका अध्यक्ष कमल बहादुर पुर्जाले बेनीअनलाइनलाई भने । उनले जिल्लाका योजनालाई मोना यूकेले आफ्नो दाहित्व र जिम्मेबारी सम्झिएको बताए । जिल्लाका प्रवासी म्याग्देलीबाट देखिने सहयोग भित्राएर समेत चर्चा कमाएको मोना यूकेले अभियानलाई सफल बनाउन यूकेमा विभिन्न कार्यक्रम गर्ने संयोजक योग कुमार फगामीले बताए ।

‘यो जिम्मेबारी सम्पुनिभएकोमा अध्यक्ष लगाएत सबैलाई धन्यवाद । दुईतिन हप्ता भित्र समितिले पुर्णता पाउने छ’ फगामीले भने । उनले जिल्लाको महान कार्य सफल बनाउन सबैलाई सहभागि हुन समेत अनुरोध गरेका छन् । ‘जिल्लाभर इन्टरनेट पुगेको दिन देशभर म्याग्दीको शिर उच्च हुन्छ । थोरैले धेरै भन्दा धेरैले थोरै सहयोग गरेर अभियान सफmल बनाउन अनुरोध गर्दछु’ फगामीले भने । अभियान सघाउन म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समिति र जिविस म्याग्दी विच सम्झौता समेत भएको छ । मोना आइइसीका अध्यक्ष योगेन्द्र बहादुर क्षत्री र मोना आइइसीका संरक्षक एवम् आईइसीको तर्फबाट फ्रि वाईफाई संयोजक प्रकाश पुनले हस्ताक्षर गरेपछि विश्वभर रहेका म्याग्देलीले समेत सहयोग प्रतिबद्धता जनाएका छन् ।

अभियान अन्र्तरगत मोना हङकङले पुर्व अध्यक्ष दल शेरपुञ्जालाई संयोजक तोकेको छ । त्यस्तै मोना बेज्जियमले नृत्य प्रतियोगिता गरेर आर्थिक संकलन गर्ने अभियानलाई तिब्रता दिएको छ । महाबिर पुनको प्राविधिक सहयोगमा अभियान अगाडी बढ्ने छ । । उत्तरी म्याग्दीमा जंगलमा रेडियो राखेर गाउँमा इन्टरनेट विस्तार गरेर विश्व प्रख्यात भएका पुनले जिल्लाको राम्चे गाविसमा २०६२ सालबाट सुरू गरिएको बेतारे इन्टरनेटको प्रयोग गरेकाले पनि जिल्लालाई वाइफाईयुक्त बनाउन प्राविधिक, आर्थिक, अनुभव र सक्रियताको आधारमा सम्भव देखिएको छ। हरिकृष्ण गौतम –

Leave a Reply