मिरा बनिन् प्रिनेउ अल्ट्रा” बिश्व उपबिजेता, नेपाली चेलीलाई हार्दिक बधाई

11993289_525346454307595_5214810552885620744_n (1)
अन्तत: नेपाली चेली मिरा राईले स्पेनको पिरेना बागामा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा’ दौड सम्पन्न गर्दै बिश्व उपविजेता बनेकी छन्। स्बिजरल्याण्डकि ईमिलीले निर्धारित दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन्। मिराले सो दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै बिश्व उपविजेता बनेकी हुन्। यी २५ बर्षिय नेपाली चेलीले देखाएको प्रतिभाको कारण आज नेपाल र नेपालीको बिश्वभर ठाडो र उचो बनेको छ। संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने स्पेनको १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौडमा सहभागी भई यो स्थान हासिल गर्नु हामी सबै नेपाल र नेपालीको लागि गर्बको कुरा हो। यति ठुलो अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएर पनि यो स्थान हासिल गर्नु उनको अदभुत क्षमताको कारण नै हो। राष्ट्रको नाम छातीमा राखेर साढे १३ घण्टा सम्म लगातार दौडेने यी चेलीलाई नमन।अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मा नै यति ठुलो सफलताले अझ यिनिलाई आगामी दिनमा ठुलो हौसला मिल्ने बिश्वास लिएका छौ। आउँनुहोस् यि नेपाली चेली मिरा राईलाई एकमुष्ट बधाई दिउ। साथमा यिनै चेलीका गतिबिधिलाई नेपालीनेपाली डटकमले लगातार १४ घण्टा सम्म गरेको लाईभ अपडेडलाई चासोको साथ हेरेर साथ दिनुहुने तपाईहरु प्रति पनि हार्दिक आभार। – नेपालीनेपाली डटकम

Leave a Reply