नेपाल उत्पीडित जातीय समाज तदर्थ समिति, यूरोप गठन

विभिन्न किसिमका बिशुद्ध सामाजिक कार्य गर्ने उदेश्यका साथ लामो मिहिनेत र परिश्रम पश्चायत विभिन्न यूरोपियन मुलुकहरुमा नेपाल देखि आ-आफना उदेश्यले बसोबास गर्दै आउनु भएका प्रबासी उत्पीडित समुदायका बौद्धिक महानुभाबहरुको भेला पोर्तुगलको लिस्बोन स्थित लिटिल नेपाल रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ |
सामाजिक, आर्थिक ,शैक्षिक र साँस्कृतिक रुपले पछाडी पारिएका उत्पीडित बर्गहरुको हक हित र नेपालको सामाजिक कुसस्कर ,जातीय विभेदको विरुद्ध बुलन्द रुपले आवाज उठाउन हामी प्रबासीहरु यूरोप भित्र पनि गोलबद्ध हुन् जरुरि भएको महशुस रहेको कारणले गर्दा यूरोपियन मुलुकहरुमा रहनुहुने उत्पीडित जातिका मित्रहरु तथा बुद्धिजिबीहरुसग सल्लाह ,सुझाब संकलन गरि भेलाको आयोजना गरिएको नब निर्बाचित महासचिब एबम यूरोपियन समन्य उप समितिका संयोजक हरिश्चन्द्र नेपालीले जानकारी दिनु भयो |

तसर्थ विभिन्न यूरोपियन देशहरुबाट प्रतिनिधित्व रहेको भेला समाजसेबी ,एबम बुद्धिजिबी अर्जुन सुनारको सभापतित्वमा सम्पन्न भएको थियो | भेलामा सम्पूर्ण देशका प्रतिनिधिहरुले आ-आफना विचार राख्नु भएको थियो भने अन्य शुभ चिन्तक मित्रहरुले इमेल मार्फत पनि आफना विचारहरु तथा शुभ कमान पठाउनु भएको संदेश भेलामा पढेर सुनिएको थियो | उपस्थित सम्पूर्ण प्रतिनिधि ज्युहरुले यूरोप भित्र एक साझा सस्थाको आबश्यक्त रहेको र यसलाई साझा बिशुद्ध सामाजिक सस्था बनाउनु पर्ने र हामी सबै उत्पीडित वर्गहरु एक आपसमा सहयोगको भबन राखी उत्पीडितहरुको हकहितका लागि साझा सवालमा गोलबद्ध भई हातेमालो गर्दै नेपालको जातीय विभेदको बिरुद्ध अगाडी बढ्नु पर्ने कुरामा एकबद्धता जनाउनु पर्ने कुरा सबैबाट ब्यक्त गरिएको थियो भने उपस्थित सबै प्रतिनिधि ज्युहरुलाई उत्पीडित समाज पोर्तुगलका अध्यक्ष प्रेम लाल नेपालीले स्वागत गर्नु भएको थियो त्यस्तै भेलामा समाजका सल्लाहकार बाला राम बि.क., समाजका अस्ट्रिया प्रतिनिधि राम बहादुर बि.क. ,जर्मन प्रतिनिधि कृष्ण दर्नाल लगायत अन्य प्रतिनिधिहरुले आ-आफना विचार राख्नु भएको थियो|

विभिन्न देशबाट उपस्थित उक्त बौद्धिक प्रतिनिधिहरुको भेलाले साझा रुपमा सस्थाको नाम “नेपाली उत्पीडित जातीय समाज, यूरोप ” छोटकरीमा “उत्पीडित समाज “को नामाकरण गरि राम बहादुर बि.क.(अस्ट्रिया ) को अध्यक्षतामा बाकी पद पछि पूर्ति गर्ने गरि २५ सदस्सीय यूरोपियन कमिटिको चयन गरेको छ| जस अनुसार क्रमस प्रथम उपाध्यक्ष बाला राम बि.क.(पोर्तुगल ), दिततिय उपाध्यक्ष ज्ञान बहादुर बि.क.(बेल्जियम ), तृतीय उपाध्याक्ष प्रेम परियार (नर्वे ) ,महासचिब हरिश्चन्द्र नेपाली (पोर्तुगल ), सचिब (जर्मन),स- सचिब हरि बि.क. (स्पेन ),कोषाध्यक्ष मान बहादुर परियार (यू.के.),स-कोषाध्यक्ष प्रेम देबी परियार (पोतुगल ),सदस्यहरु सक बहादुर नेपाली (यू .के.),भिम सुनुवार (इटाली ),मिन बहादुर परियार (नर्वे ),प्रेम लाल नेपाली (पोर्तुगल ),कृष्ण दर्नाल (जर्मनी),शान्ति नेपाली (स्विजल्यांड ),राज गायक (यू.के.),डिल बहादुर नेपाली (स्पेन ),शुरज बिश्वकर्मा(अस्ट्रिया ),मंगल परियार (पोर्तुगल),उदय नेपाली(होल्याण्ड ) , ललित परियार (पोर्तुगल ),भारत नेपाली (डेनमार्क ) रहनु भएको छ |

त्यस्तै सल्लाहकार समितिमा अर्जुन सुनार (पोर्तुगल ),योगेन्द्र बि.क.(बेल्जियम ),मनकाजी नेपाली (जर्मन ),मनिराज लकान्द्री (यू.के.) रन बहादुर बि.के.(जर्मन ),लाल बहादुर नेपाली (बेल्जियम ),र अमृत परियार (पोर्तुगल ) रहनु भएको छ |निर्बाचित सम्पूर्ण कार्य समितिको तर्फबाट नब निर्बाचित अध्यक्ष राम बहादुर बि.क.ले सस्था लाई आफनो कार्यकालमा यूरोपका सम्पूर्ण देशहरुमा कमिटि निर्माण गर्ने र जातीय विभेदको लागि ठोस कार्य गर्ने प्रतिबद्ता जाहेर गर्नु भएको थियो भने सभापति अर्जुन सुनारले नब निर्बाचित कमिटिलाई कार्यकालको शुभ कामना दिदै भेलाको समापन गर्नुभएको थियो| उक्त भेलामा उद्घोषण मंगल परियारले गर्नु भएको थियो |

Leave a Reply