नेपाली जनसंपर्क समिती जर्मनीको सभापतिमा शिखर खड्काको बलियो दाबेदारी

shikhar-khadkaकाठमान्डौ, जुलाई १८/ जर्मनीमा रहेको नेपाली काङ्रेस समर्थित सस्था नेपाली जनसंपर्क समितिको यही आउदो जुलाई २६ तारिख हुनगैरहेको निर्वाचनमा करीब २० बर्ष भन्दा बढी समय देखी जर्मनमा बसोबास गर्दै आएका युबा नेता एब सामाजिक ब्यक्तित्व शिखर खड्काले सभापति पदमा उम्मेदवारी दिएका छन।

नेपालमा पूर्व शंखुवासभामा जन्मेर झापाको दमकमा धेरै लामो समयदेखी बसोबास गर्दै आएका खड्का जर्मनबासी नेपालीहरु बिच निकै लोकप्रिय छन।जर्मनमा नेपाली समुदायसँग सम्बन्धित बिभिन्न संघसस्थाहरुमा रहेर नेपालीहरुको हितको लागि थुप्रै कार्य गरेका शिखर खड्काको कुशल नेत्रित्वले जनसंपर्क समिती जर्मनलाई एउटा नयाँ दिशा दिनसक्ने जर्मनबासी नेपालीहरु बताउछन।मध्यम परिवारमा जन्मिएका खड्काको पारीबारिक पृष्‍ठभुमीको कुरा गर्दा सबै परिवार नै नेपाली काङ्रेसमा आबद्द रहेका हुन् । मोरङको उर्लाबारी क्याम्पसबाट स्नातक उतिर्ण खडका विद्यार्थीकाल देखीनै नेपाल विद्यार्थी संघको जिम्मेवार पदहरुमा रहेर प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए। जर्मनबाट प्रतिनिधित्व गर्दै नेपाली काङ्रेसको महाधिबेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका खडका हाल नेपाली जनसंपर्क समिती जर्मनीको सहमहामन्त्री हुन्।

जुलाई २६ तारिखका दिन हुने जनसंपर्क समितीको निर्वाचनमा जर्मनबासी नेपाली काङ्रेस समर्थित मित्रहरुबाट ठुलो सहयोग मिल्ने र आफु सभापतिमा बिजयी हुने कुरामा विश्वस्त हुँदै यदी आफु बिजयी भएमा प्रबासमा रहेका नेपालीहरुको हितको लागि समर्पित रहेर जनसंपर्क समिती लाई अझ बढी चुस्त ,बलियो र ब्यापक बनाउदै जर्मनीमा रहेका बिभिन्न संघसस्थाहरु एनआरएन जर्मनी लगायत अन्य सस्थाहरुसँग सहकार्य गरेर नेपालीहरुको अधिकतम हितको लागि समर्पित हुने कुरा बताउछन।

युबा एब सकृय ब्यक्तित्व शिखर खड्काले सभापतिमा दिएका उम्मेदवारीको बिषयमा उनले प्रेषित गरेको अपिल यसप्रकारको छ।

आदर्णीय जर्मनबासी नेपाली बुवाआमा दाजुभाइ तथा दिदीबैनिहरु,
जय नेपाल

हामी नेपालीहरु संसारको कुना कुना सम्म विभिन्न पेशा,ब्यबशाय र उच्च शिक्षा आर्जन गर्न छरिएर रहेकाछौ।नेपालीहरु २०४६ सालको नेपालको राजनीतिक परिवर्तन प्रजातन्त्रको स्थापना पछि मात्र विदेशको बसाई नियमित र कानुनी बन्दै गईरहेकोछ।साधारण त हामी नेपालीहरुको २५,३० बर्षको मात्र विदेशको बसाई भएकोले यो हाम्रो पहिलो पुस्ता मात्र भएको हामीलाई स्पष्ट थाहाछ। तर नेपाली भारत लगायत बर्मा र ब्रिटिश आर्मीमा भर्ति भएर भने संसारको सबै जसो युद्धहरुमा नेपाली बहादुर सिपाईहरुको विरताले संसारमा बिर गोर्खाली भनेर नेपालीहरुको नाम सधै अमर ज्योतो बनिरहेकोछ।

नेपालमा १०४ बर्ष पुरानो जहानिया राणा साशन बिरुद्ध आवाज उठाउने र नेपाली जनताको प्रजातन्त्रको स्थापनाको लागी लडने नेपाली काँग्रेसका सस्थापक महामानव स्वर्गीय श्री विश्वेश्वर प्रसाद कोइरालाले प्रवासमा रहेका नेपालीहरुलाई एउटा झन्डा मुनि गोलबन्द भई नेपालको प्रजातन्त्रको लागि सक्रिय सहयोग र समर्थनको लागी १३ जुन १९७६ मा नेपाली जनसम्पर्क समिति बम्बई भारतको स्थापना गर्नुभएकोथियो ।नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनहरु प्रजातन्त्र देखि गणतान्त्रिक लोकतन्त्र सम्मको राजनीतिक कालखण्डको ईतिहासमा नेपाली कांग्रेसको मार्गनिर्देशमा नेपाली जनसम्पर्क समितिहरुको सक्रिय भूमिकाको सहयोग र योगदान रहदै आएको नेपाली ईतिहास नै साक्षीछ।
हामी नेपालबाट विदेशमा आउदा आफ्नो परिवार, समाज र देशको माया, ढुकढुकिमा च्यापेर ल्याएको आफ्नो भाषा, कला सास्कृति र आफ्नो बिचार हामी आफैसित जीवित रहेको हुन्छ।त्यसैले हाम्रो भाषा,कला,सास्कृति र विचार सीत संगै हुर्कने हाम्रो प्रबासी नेपालीहरुले नेपालको राष्ट्रियता,समाजबाद र लोकतन्त्र नै नेपाली जनताका आदर्शहरु प्रति हामी समर्पित भई यसको रक्षक भएकोले यस्तो परम्परा संसार भरि छरिएर रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाली सम्पर्क समितिमा संगठित भएको अबस्थामा नेपाली जनसम्पर्क समिति जर्मनी पनि एक अभिन्न अंगको रुपमा रहेकोछ।

परिचय

मेरो नाम शिखर खड्का, शंखुवासभामा जन्मेर झापा दमकमा हुर्कि उर्लाबारी क्याम्पसबाट २०४९ सालमा स्नातक गरेकोछु। मेरो एक छोरा एक छोरी श्रीमतीको साथमा १९९५ देखि म एन आर डब्लु को बेकुम (BECKUM) सहरमा बस्दै आएकोछु। नेपालमा प्रजातन्त्र स्थापनाको लागी पहिलो जनआन्दोलन २०४६ सालमा मोरंग उर्लाबारी झापाको दमकवाट आन्दोलनमा सक्रिय रुपमा सहभागी भएको थिए।२०४८ सालमा नेबिसंघको एकाई समितिको सभापती, २०४९ सालमा उर्लाबारी क्यामपसको स्ववियु सभापतिको प्रत्यासी रहेकोथिए।२०४८ सालमा नेपाल बिधार्थी संघको मोरंग क्षेत्र २ को क्षेत्रीय उपसभापति भई नेतृत्व तहमा पुगेको थिए।मैले स्नातकको अध्यायन सके पछि मैले विभिन्न सामाजिक संघ सस्थाहरुमा काम गरे र “द रेउकाई नेपाल” दमकको संस्थापक प्रेसिडेन्ट भएर एक कार्यकालको नेतृत्व समेत गरिसकेकोछु। जर्मनीको बसाईको क्रममा नेपाली जनसम्पर्क समिति जर्मनीको दोस्रो अधिबेसनबाट समितिको सहमहा मन्त्री भई एक कार्यकाल पुरा गरिसकेकोछु। नेपाली कांग्रेसको १२ औ महाधिबेसनमा महाधिबेसन प्रतिनिधि रही काम गरिरहेकोछु। एन आर एन ए जर्मनी, एलसीसी एन आर डब्लु को संयोजक भई ०११ देखि ०१३ सालको कार्यकाल सफल गरिसकेकोछु।नेपालको दोस्रो संबिधान सभाको निर्वाचन पनि मेरो सकृय भूमिकारह्यो।त्यसैले मेरो ईच्छा नै समाज सेवा नै धर्म हो भन्ने सोचका साथ निष्पक्ष,ईमान्दार,कर्मठ जुझारु र पारदर्शी नेतृत्व दिन सक्ने नेपाली कांग्रेसको सिपाईको रुपमा काम गरिरहेको हुनाले म आगामी २६ जुलाई हुने नेपाली जनसम्पर्क समिती जर्मनीको सभापतिको उम्मेवार दिएकोछु।

मेरो उम्मेवारी “सबैको साथ जर्मनीमा नेपाली समाजको विकास”

२६ जुलाईमा हुन गईरहेको नेपाली जनसम्पर्क समिति जर्मनीमा मेरो उम्मेवारी सबै नेपालीहरुलाई साथमा लिएर नेपाली समुदाय को बीच जर्मनीमा एकता अखण्डता र नेपाली भाषा,साहित्य, कला,सास्कृति एबम नेपाली परम्पराको संरक्षण र सम्बर्धनका साथ जर्मन सास्कृति सित समानान्तर दिशामा बिकाश हुनु पर्दछ भन्ने मान्यता साथमा अगाडिका कार्यक्रम निर्धारण हुन पर्दछ। नेपाली कांग्रेसको बिधि बिधान,पार्टीको केन्द्रिय नेतृत्वले मार्गदर्शनले गरेका निर्देशनहरु र नेपाली जनसम्पर्क समिति जर्मनीको बिधान अनुसार अगाडिका कार्यक्रम तर्जुमा गर्नेछु। नेपाली जनसम्पर्क समिति जर्मनीको स्थापना काल देखि अग्रजहरुले दिएको मार्गदर्शन र युरोपमा रहेका अरु युरोपियन देशहरुका नेपाली जनसम्पर्क समितिहरुसित नीतिगत सहमतीय सहकार्य र नेपाली जनसम्पर्क समिति युरोपले दिएको मार्ग निर्देशनको नीतिगत शुझाव सल्लाहका साथमा हाम्रा अग्रज सस्थापक अध्यक्ष,वर्तमान अध्यक्ष तथा कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, महासमिति सदस्यहरु,महाधिबेसन प्रतिनिधिहरु,नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु र नेपाली जनसम्पर्क समिति जर्मनीका सम्पूर्ण साधारण सदस्यहरुको सुझाब सल्लाहले सबैको साथमा हातमा हात मिलाएर नेपाली समाजको विकास गर्ने अठोट लिएर मैले नेपाली जनसम्पर्क समिति जर्मनीको उम्मेवारी दिएकोछु।
नेपालीहरुको साझा र छाता सस्था गैर आवासीय नेपाली संघमा मैले एन आर डब्लुको एलसीसी संयोजकको रुपमा एक सफल कार्यकाल पुरा गरिसकेकोले सम्पूर्ण गैर आवासीय नेपालीहरुका साझा समस्याहरुलाई नेपाली जनसम्पर्क समिति जर्मनीको पनि साझा समस्या हो त्यसैले गैर आवासीय नेपाली संघले उठाएको नारा एक पटकको नेपाली सधैको नेपालीको साथमा नेपाली नागरिकता निरन्तरता हुनपर्दछ भन्ने मान्यता म राख्दै गैर आवासीय नेपाली संघको नारा नेपालीको लागि नेपाली भन्ने नारालाई एकबद्धताका साथ अघिबढ्नेछु। नेपाली नागरिकताको निरन्तरताको लागी नेपाली कांग्रेस पार्टी र नेपाल सरकार समक्ष डेलिकेसन जाने र नेताहरुलाई गैर आवासीय नेपालीहरुलाई नेपाली नागरिकताको निरन्तरता दिनु पर्छ भन्ने नीतिगत दबाब दिन अन्तरक्रिया,बहस र छलफलको आयोजना गर्नेछु।गैर आवासीय नेपाली संघ सीत सहकार्य गरी संघले आयोजना गर्ने कार्यक्रमहरु प्रकृति बिपतमा गरिने सहयोग,परोपकारिता र मातृभूमीको समृद्धिको लागि गरिने सामुहिक लगानीमा मेरो प्रत्यक्ष सहयोगको साथमा सहभागीयता रहनेछ।

गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले ल्याएको विपत्तिलाई हामी बिदेशमा रहने नेपालीहरुबाट व्यक्तिगत,सामुहिक र सस्थागत रुपमा धेरै सहयोग भए पनि भुकम्प पिडित नेपाली दाजुभाई दिदीबहिनिहरुको आवासको नया निर्माणमा पनि निरन्तरता हुनु पर्दछ। नेपाली जनसम्पर्क समिति जर्मिनिले गरेको सहयोगलाई निरन्तरता दिदै सहयोग राशि बढाउने प्रतिबद्धता जाहेर गर्दछु। नेपालको नया निर्माणमा हामी जर्मनीमा रहने सबै नेपालीहरुको प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा सहभागी र सहयोगको लागि मेरो भूमिका सधै गतिशील रहनेछ।
जर्मनीमा कार्यरत सबै सामाजिक संघ सस्थाहरु, जातीय, क्षेत्रीय, र बर्गीय संघ सस्थाहरुसित सास्कृतिक,धार्मिक,भाषिक ,कला,परम्परात्मक चाड पर्वहरु र राष्ट्रिय पर्वहरु पनि नीतिगत रुपमा सहमतीय सहकार्य गरी हातेमालो गर्दै अगाडी बढ्नु पर्दछ भन्ने मान्यता मेरो छ। आफ्नो भन्दा फरक विचारमा बिस्वाश राख्नेहरुको पनि आदर गर्नु पर्दछ भन्ने प्रजातान्त्रिक मान्यतालाई नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क जर्मनीले पनि अनुसरण गर्न उपयुक्त भएकोले अरु राजनीतिक पार्टीहरुका भातृसंगठनहरुसित नेपाल र नेपाली समाजको हितको लागि गरिने काममा सहकार्य गर्न सकिने मान्यता म राख्दछु।

जर्मनीमा रहने हरेक व्यक्तिहरु, सबै नेपाली समुदायहरु, सबै पेशमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,बिधार्थी भाई बहिनीहरु र औपेर ( AU -PAIR ) बहिनीहरु सबैमा आउने समस्यालाई नेपाली जनसम्पर्क समितिले आत्म साथ हामी सबैको साझा समस्याको रुप नेपाल सरकार,नेपाली दुतावास बर्लिन र नेपाली कांग्रेस पार्टी सित समस्या समधानको प्रयत्न गर्ने प्रतिबद्धता गर्दछु।

नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली दुताबास बर्लिन र जर्मनीको हरेक क्षेत्रमा रहेका महाबाणिज्य दुताबासहरुसित नेपाली जनसम्पर्क समिति जर्मनीले सहमतीय सहकार्य गरि प्रेत्यक नेपालीको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने साझा सोचाईमा नेपाली जनसम्पर्क समिति जर्मनीले मेरो नेतृत्वमा सधै प्रभावकारी भूमिका खेल्नेछ।

नेपालमा नेपाली कांग्रेस लोकतान्त्रिक समाजबादको संस्थापक भएकोले अन्तर्राष्ट्रिय समाजबादको सदस्यको नाताले पनि अन्तर्राष्ट्रय जगतमा नेपाली कांग्रेसको नीतिगत सम्बन्ध विस्तार गर्न नेपाली जनसम्पर्क समिति जर्मनीले मेरो नेतृत्वमा गतिशील भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछु।

नेपाली जनसम्पर्क समिति जर्मनीलाई विकेन्द्रीकरण गरी हरेक क्षेत्र र गाउ सहर सम्म विस्तार गरिने प्रतिबद्धता गर्दछु।नेपालको पर्यटन प्रबर्धन गर्न सास्कृतिक कार्यक्रमहरु र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणका साथमा बुद्ध जयन्ति भब्यसीत मनाउन कार्यक्रमहरु आयोजना गरिनेछ। नेपाली कांग्रेसको नीति र कार्ययोजनाको बारेमा बिस्तृत जानकारीको लागि पार्टीका शिर्ष नेताहरुलाई निमन्त्रणा गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।

अन्त्यमा नेपाली जनसम्पर्क समिति जर्मनीको साधारण सदस्य ग्रहण गर्नुहुने जर्मनी बासि सम्पूर्ण आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद सहित २६ जुलाई२०१५ का दिन हुन गईरहेको नेपाली जनसम्पर्क समिति जर्मनीको निर्वाचनमा म सभापतिको उम्मेवार भएकोले तपाईहरुको बहुमुल्य आफ्नो मत दिएर अत्याधिक बहुमतले विजय बनाउन हार्दिक अनुरोध गर्दछु। २७ जुलाई २०१५ मा बर्लिनमा हुने नेपाली जनसम्पर्क समिति जर्मनीको अधिबेसनमा पनि जर्मनी बासि सम्पूर्ण आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछु।धन्यवाद

जय नेपाल
शिखर खडका
सभापति उम्मेवार तथा सहमहा मन्त्रि, नेपाली जनसम्पर्क समिति जर्मनी

Leave a Reply