केरुङ आइपुग्योे चीनले दिएको पेट्रोल, समयमै लिन गएन नेपाली पक्ष –

China-petrol-tanker

bbf60479f85555fb0e18b4d9ef48b657_L रसुवा— भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहँदा चीनले अनुदानमा दिएको १ हजार मेट्रिकटन पेट्रोलियम पदार्थ उत्तरी सीमावर्ती क्षेत्र केरुङ आइपुगेको छ। दुई दिन अगाडि नै पेट्रोलियम पदार्थ केरुङ आइपुगेको हो। चीनले मंगलबार नै औपचारिक कार्यक्रम गरी तेल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम बनाए पनि नेपालतर्फबाट तेल लिन ट्याङकर नजादाँ सीमाभन्दा २६ किलोमिटर पर चिनियाँ क्षेत्र केरुङमा चिनयाँ ट्याङ्कर पर्खिरहेका छन्।
पेट्रोलिम पदार्थ बोकेका चिनियाँ ट्याङ्कर केरुङमा दुई दिनदेखि रोकिएर बसेको केरुङ स्थित नेपाली व्यवसायी कृष्ण तामाङले नागरिकन्युजलाई जानकारी दिए । ‘सय वटा जति ट्याङ्कर केरुङको बाटोमा लामबद्ध भएर बसिरहेका छन्,’ उनले भने।

चीनको केरुङमा रोकिएको तेल उठाउन नेपाली ट्याङ्कर चालकको प्रवेशपास व्यवस्था नभएका कारण ढिलाइ भएको बताइएको छ। चिनियाँ राजदुताबासले ट्याङकर लिएर जाने चालक र कन्डक्टरको परिचयपत्र र सवारी अनुमतिपत्र सहित नाम लिष्ट पठाउन भनेपछि प्रक्रिया ढिलाई भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

‘सिगात्सेबाट पेट्रोलियम पदार्थ केरुङसम्म आएको भन्ने अनौपचारिक जानकारी आएको छ, प्रजिअ गेलाले नागरिकन्युजसँग भने, ‘पेट्रोलियम पदार्थ लिन आउने कुरा आयल निगमका प्रवक्ता प्रकाश बराललले जानकारी गराएका छन्।’

निगमले जिल्ला प्रशासनलाई बुधबारसम्म ट्याङ्कर पठाउने बताएको छ। ‘कागजपत्र मिल्नासाथ पठाउँछौं भनेका छन्’, प्रजिअ गेलालले भने।

चीन जान प्रवेश पासको अनिवार्य व्यवस्था रहेको छ। सामान्यतः नेपालीलाई केरुङ प्रवेश गर्न एक दिने पास दिने व्यवस्था छ। आयल निगमले पठाउने ट्याङकर तेल लोड नभएसम्म उतै बस्न पर्नसक्ने हुँदा चिनियाँ दुताबासले चालक र सहचालकको नाम लिष्ट पठाउन भनेको बताइएको छ।

चालक, सह चालकहरुले एक दिनभन्दा बढी बस्नुपर्ने अवस्था आउने सम्भावनालाई ध्यानमा राख्दै राजदुताबासलाई आयल निगमले पहिला नै नाम लिष्ट पठाउन

प्रक्रिया पूरा भएपछि बुधबारसम्म ट्याङकरको गाडी हिँड्ने आयल निगमले जानकारी गराएको प्रजिअ गेलालले बताए।

हाल रसुवागढी नाका सञ्चालन भए पनि रसुवाका स्थानीय तथा स्थायी पास भएकालाई मात्रै केरुङ प्रवेशको पास दिइने गरेको छ। त्यसैले चीनले पहिलानै केरुङ जाने चालक र सहचालकको लिष्ट मगाएको हो। चीन प्रवेशको प्रक्रिया पुरा गरे सँगै केरुङबाट तेलको ट्याङकर अपलोड गरेर नेपाल आयल निगमको ट्याङकरमा खसाल्ने छ। केरुङबाट लोड गरिएको २५ वटा ट्याङकर नेपालको रसुवागढी नाका हुँदै काठमाडौं पठाइने प्रजिअ गेलालले नागरिकन्युजलाई बताए।

चीनबाट तेल आउने भए सँगै नेपालतर्फ रसुवागढी सीमा नाकामा सशस्त्रको सीमा सुरक्षा बल तैनाथ गरिएको छ। चीनबाट अनुदानमा आएको तेल सुरक्षित हिसाबमा राजधानी काठमाडौं पठाउने व्यवस्था मिलाइएको रसुवाका प्रहरी नायव उपरिक्षक अभिधेश विष्टले जानकारी दिए।

चीनले अनुदानमा दिने पेट्रोल केरुङमै सिल गरेर काठमाडौं पठाइने तयारी भएको छ। सीमा नाका खुलेकै दिन केरुङमा व्यवसाय गरेर बसेका नेपालीहरु त्यसतर्फ लागेका छन्। ११ जनाको टोलीमा रहेको व्यापारीहरु समेत भुकम्पका कारण बन्द भएको सामान उठाउनका लागि केरुङ गएका हुन्।

गत असोज २८ गते रसुवागढी नाका खुले सँगै चीनले दिएको ६ कन्टेर सहयोगको खाद्य सामग्री समेत नेपालले ल्याउन सकेको छैन। गाडी अभावको कारण देखाउँदै चीनले दिएको राहते १ करोड ६० लाख रुपयाँ बराबरको सामग्री चीनको सिमाक्षेत्रम अलपत्र परेको हो।

इन्धन अभाव र बोक्ने कन्टेनर अभावको कारण देखाउँदै चीनले दिएको राहत सामग्री हाल चीन तर्फको सिमा नाका खम्बाटारमा असोज २८ गते देखि थन्किएर बसेको छ। उक्त कन्टेनरमा नुन चिनी तेल लगायतको खाद्य सामग्री रहेको बताइएको छ।

Leave a Reply