इतिहास रच्न सफल भइन् विद्या भण्डारी, पहिलो महिला राष्ट्रपतिमा निर्वाचित –

Vidya-Bhandari-Bio-Graphy-3काठमाडौं– इतिहास रच्दै गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा एमाले उपाध्यक्ष विद्या भण्डारी निर्वाचित भएकी छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा कांग्रेसबाट उम्मेद्वार बनेका कुलबहादूर गुरुङलाई पराजित गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भण्डारीले ३२७ मत प्राप्त गरिन् भने गुरुङले २१४ मत प्राप्त गरे । ८ मत भने बदर भएको थियो । मतदानमा कूल ५४९ मत खसेको थियो । बाँकी सांसद निर्वाचनमा अनुपस्थित रहे । संसदमा हाल ५९७ सांसद रहेका छन् ।

Leave a Reply