अमेरिकाबाटै चिनियाँ राष्ट्रपति पिङले भने– ‘हामी छिमेकीलाई भोकै मर्न दिँदैनौं’

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण–दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिएका छन् ।
चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘सन् २०१५ पछिका विकासका रुपरेखामा दक्षिण–दक्षिण सहयोग सुदृढीकरण’ विषयको बैठकमा नेता सिंहले विकासशील एवम् अल्पविकसित मुलुकका लागि दक्षिण–दक्षिण सहयोग ऐक्यबद्धता र साझेदारीको प्रतीकका रुपमा रहेको बताउँदै भर्खरै अनुमोदन गरिएका सन् २०१५ पछिका विकासका विषयको प्रभावकारी कार्यान्वयन गर्न दक्षिण–दक्षिण सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे ।xi-jinping_2399584k-430x268
उनले राष्ट्रपति पिङसँग संविधान जारी पछिको नेपालको अवस्था बारे जानकारी गराएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको समस्या समाधान गर्न आफुहरु प्रयत्नशील रहेको बताए ।
राष्ट्रपति पिङले नेपालमा आइपर्ने समस्या समाधान गर्न चीन सधैं तयार रहेको बताएका थिए । बैठकमा राष्ट्र सङ्घका महासचिव बान कि– मुनलगायत ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सहभागिता थियो ।
यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे विश्वव्यापी साझेदारीलाई पुनर्जीवित तुल्याउँदै विकासका प्रतिफल जनसमक्ष लाने सम्बन्धी संवादमूलक वार्तामा सहभागी भएका छन् ।
त्यस अवसरमा उनले विकासको प्रतिफल प्राप्तिबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितताका लागि विश्वव्यापी साझेदारीका साथै अन्य उपलब्ध साझेदारीका निम्ति अथक प्रयासको खाँचो औँल्याए ।

Leave a Reply