अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) Holand

Nepali Dance Holand अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले आगामी ३० मार्च २०१४ का दिन Theater De Meerse, Raadhuisplein 3, Hoofddorp, Netherlands मा इनास नेपाली चलचित्र अवार्डका साथमा आयोजना गर्न लागेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता-२०१४ मा सहभागी हुन चाहनु हुने व्यक्तिका लागि,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अन्य पदाधिकारीहरुलाई सम्पर्क राख्नु हुन सुचित गरिन्छ
यस युरोपस्तरीय नेपाली एकल नृत्य प्रतियोगितामा भाग लिन चाहानुहुने कलाकारहरुले पालना गर्नुपर्ने नियमहरु यसप्रकार छ ।
प्रतियोगिता सम्वन्धी नियमहरु:-
१) प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।
२) नृत्य एकल हुनुपर्नेछ ।
३) प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
४) प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।
५) प्रतियोगितामा प्रतियोगीको उमेरको हदबन्दी तोकिने छैन ।
६) प्रतियोगितामा ब्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाईने छ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
७) नृत्य गर्ने गीतको समय बढिमा ४ मिनेटको हुनुपर्नेछ ।
८) नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नुपर्नेछ ।
९) प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लागायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक,जाज(Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ ।
१०) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फारम भरि बुझाउनुपर्नेछ । दरखास्त फाराम तोकिएका संपर्क व्यक्तिहरुबाट निशुल्क प्राप्त गर्नसकिने छ ।
११) प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो ३० (तीस युरो) बुझाउनुपर्नेछ ।
१२) प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१३) सहभागिताको लागि निवेदन दिने अन्तिम मिति १५ मार्च २०१४ (१५ March, 2014) सम्म हुनेछ ।
१४) प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१५) मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१६) प्रतियोगितामा भाग लिने प्रतियोगिलाई दूई दिनसम्म खाने र बस्ने ब्यबस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१७) नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य आदिलाई आधार मानिनेछ ।
१८) प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डन्सिङ्ग स्टार २०१४’ ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१४’ र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१४’ को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।
१९) प्रतियोगिताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ । उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

प्रतियोगिता हुने मिति- ३० मार्च, २०१४
कार्यक्रम हुने स्थान- Theater De Meerse, Raadhuisplein 3, Hoofddorp, Netherlands.
कार्यक्रम हुने समय – दिनको ११ बजे ।
दोश्रो इनास फिल्म अवार्ड तथा युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता २०१४

Leave a Reply